​राष्ट्र बैंकले छाप्यो नयाँ नोट

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
१
|
६३ पटक हेरिएको
Shares
​राष्ट्र बैंकले छाप्यो नयाँ नोट

सारांश

  • काठमाडौं, १३ जेठ ।
  • केन्द्रीय बैंकको रुपमा मुलुकको समग्र अर्थव्यवस्थामा नियमन तथा अनुगमन गर्ने नेपाल राष्ट्र बैंकले नयाँ नोट छापेर बजारमा पठाएको छ ।
  • पछिल्लो दुई महिनामा केन्द्रीय बैंकले दुई अर्बभन्दा बढि नयाँ नोट बजारमा प्रवाह गरेको जनाएको छ।

काठमाडौं, १३ जेठ । केन्द्रीय बैंकको रुपमा मुलुकको समग्र अर्थव्यवस्थामा नियमन तथा अनुगमन गर्ने नेपाल राष्ट्र बैंकले नयाँ नोट छापेर बजारमा पठाएको छ ।

पछिल्लो दुई महिनामा केन्द्रीय बैंकले दुई अर्बभन्दा बढि नयाँ नोट बजारमा प्रवाह गरेको जनाएको छ। हाल बजारमा चार खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ नोट निष्काशन गरी परिचालन गरेको केन्द्रीय बैंकले हालै मात्र कूल दुई अर्ब भन्दा बढि थप नयाँ नोट परिचालन गरेको हो ।

गत २०७४ चैतमा केन्द्रीय बैंकले चार खर्ब ७४ अर्ब ९४ करोड रुपैयाँ बराबरको नोट निष्कासन गरेको जनाएको छ ।  निष्कासन गरिएको मध्ये चार खर्ब ६६ अर्ब ८६ करोड रुपैयाँ चलन चल्तिमा रहेको केन्द्रीय विभागले जनाएको छ ।

केन्द्रीय बैंकसँग नौ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ बराबरको नोट मौज्दातमा रहेको जनाएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको बैशाखसम्मको मासिक वासलातमा नोट निष्कासन बढेको देखाएको छ ।

राष्ट्र बैंकले सुनचाँदी, विदेशी मुद्रा र ऋणपत्र धितो राखेर नोट छपाई तथा निष्काशन गर्ने गर्दछ । नोट निष्काशसनमा बृद्धि भएपछि समग्री मूल्यबृद्धि हुने अर्थशास्त्रको सिद्धान्त छ । केन्द्रीय बैंकले हालसम्म सुन–चाँदी मात्र धितो राखेर नोट निष्कासन गर्दै आएको छ ।

केन्द्रीय बैंकमा सरकारको वचत रकम २ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ छ । गत चैतसम्म केन्द्रीय बैंकमा सरकारको २ खर्ब ८८ अर्ब ४१ करोड रुपैयाँ बचतमा छ । केन्द्रीय बैंकमा वाणिज्य बैंकहरुका एक खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rarahang Kulman

    डुप्लिकेट त होइन?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै
राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो
राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो
देउवा भन्छन्-बहुमतको नजिक, ओली भन्छन्-दुई तिहाई नजिक
देउवा भन्छन्-बहुमतको नजिक, ओली भन्छन्-दुई तिहाई नजिक
Failure of OVOP Program in Nepal
Failure of OVOP Program in Nepal
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
बाबुरामको नारायणकाजीमाथि आरोप : काजी गुटले माके सिध्यायो, अब नेकपा सिध्याउँछ’
बाबुरामको नारायणकाजीमाथि आरोप : काजी गुटले माके सिध्यायो, अब नेकपा सिध्याउँछ’
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
प्रधानन्यायाधीश विरुद्ध खनियो बार
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी