साउनको पहिलो साता कलंकीको अन्डरपास खुल्ने
सारांश
- काठमाडौँ – कलंकीको जामले हैरान बनेका उपत्यकाका सवारी चालकलाई खुसीको खबर आउन लागेको छ ।
- पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको कलंकीको ‘अण्डरपास’ साउनको पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ ।
- चीन सरकारको सहयोगमा बनिरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।
काठमाडौँ – कलंकीको जामले हैरान बनेका उपत्यकाका सवारी चालकलाई खुसीको खबर आउन लागेको छ । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको कलंकीको ‘अण्डरपास’ साउनको पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ ।
चीन सरकारको सहयोगमा बनिरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।
कलंकी चोकमा निर्माण भइरहेको ८ सय मिटर लामो चार लेनको अण्डरपासको १५ मिटर वाल ‘फिनिसिङ’ र ४ सय मिटर कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
कोटेश्वर–बल्खुपुल–कलंकी १०।४ किलोमिटर सडक ८ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया