फ्राइडे रिलिजमा शुभ लभ र साइँली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
फ्राइडे रिलिजमा शुभ लभ र साइँली

सारांश

  • शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित साइँली र सन्तोषबाबु लोहनी निर्देशित शुभ लभ प्रदर्शनमा आएका छन् ।
  • हेमन्त रानाको साइँली गीत सुपरहिट भएपछि राना र गौरव पहाडीको सहकार्यमा साइँली फिल्म निर्माण गरिएको हो ।
  • गरिबी र अभावलाई मुख्य विषय बनाएको साइँलीमा गौरव पहाडी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह लगायतले अभिनय गरेका छन् ।

शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित साइँली र सन्तोषबाबु लोहनी निर्देशित शुभ लभ प्रदर्शनमा आएका छन् ।

हेमन्त रानाको साइँली गीत सुपरहिट भएपछि राना र गौरव पहाडीको सहकार्यमा साइँली फिल्म निर्माण गरिएको हो । गरिबी र अभावलाई मुख्य विषय बनाएको साइँलीमा गौरव पहाडी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह लगायतले अभिनय गरेका छन् ।

त्यसैगरी ज्योतिष विज्ञान र पूर्वीय उपचार पद्धती लगायतको विषयमा आधारित रहेको शुभ लभमा सेलिब्रेटी ज्योतिष हरिहर अधिकारी मुख्य भूमिकामा छन् । अधिकारीको यो डेब्यू फिल्म पनि हो । हरिहरसँगै क्रिस्टिना पौडेलको पनि शुभ लभ डेब्यू फिल्म हो । यी दुई बाहेक फिल्ममा सरोज खनाल, राजाराम पौडेल, प्रदिप बास्तोला, रविन्द्र झा लगायतको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?