भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले
सारांश
- ब-लात्कारको आरोपमा पक्राउ परेका रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईले भाइटीका लगाउँछु भने पनि आफूलाई जबर्जस्ती गरेको युवतीले बताएकी छन् ।
- आफ्नी दिदीको माध्यमबाट चिनजान भएको र भाइटीका लगाउने योजना समेत बनेको बताउँदै युवतीले राईले टीका नआउँदै गोरू तिहारको दिन जबर्जस्ती गरेको बताइन् ।
- ‘सोमबार देउसी खेल्न भन्दै राइले अत्तरखेल बोलाए, विश्वास गरेको दाइ भएर गएँ’, उनले भनिन् ।
ब-लात्कारको आरोपमा पक्राउ परेका रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईले भाइटीका लगाउँछु भने पनि आफूलाई जबर्जस्ती गरेको युवतीले बताएकी छन् । आफ्नी दिदीको माध्यमबाट चिनजान भएको र भाइटीका लगाउने योजना समेत बनेको बताउँदै युवतीले राईले टीका नआउँदै गोरू तिहारको दिन जबर्जस्ती गरेको बताइन् ।
‘सोमबार देउसी खेल्न भन्दै राइले अत्तरखेल बोलाए, विश्वास गरेको दाइ भएर गएँ’, उनले भनिन् । राईले खाजा खान भनेर होटेलमा लगेर जबर्जस्ती बियर खुवाउँदै हग गर्न भनेको र आफूले नमानेपछि जबजर्स्ती पलङमा पल्टाएर क*रणी गरेको युवतीले बयान दिएकी छन् । नयाँ पत्रिकामा समाचार छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया