राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०८०
|
|
३३ पटक हेरिएको
Shares
राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा

सारांश

  • काठमाडौं।
  • १२ कात्तिक : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडाैं आइपुगेका छन्।
  • उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे।

काठमाडौं। १२ कात्तिक : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडाैं आइपुगेका छन्। उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे।

सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए। महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।

महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला-बेग्लै शिष्टाचार भेट गर्नेछन्।

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ। भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्। भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्। आगामी मंगलबार अपराह्न ४ः०० बजे उनीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लारेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ।

राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
शेखरले चुनावमा हार्नुको दोष शेरबहादुरलाई दिए
शेखरले चुनावमा हार्नुको दोष शेरबहादुरलाई दिए
मेरो लडाइँ राजनीतिक लडाइँ नभई विकासको लडाइँ हो – बिक्रम पाण्डे
मेरो लडाइँ राजनीतिक लडाइँ नभई विकासको लडाइँ हो – बिक्रम पाण्डे
मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली
मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली
प्रचण्डले यसरी गरे देउवासँग अर्को सहमति
प्रचण्डले यसरी गरे देउवासँग अर्को सहमति
सह-अध्यक्ष यादवले पार्टी छाडेपछि विजयकुमार गच्छदार संकटमा
सह-अध्यक्ष यादवले पार्टी छाडेपछि विजयकुमार गच्छदार संकटमा
काठमाडौँ यी ७१ स्थानमा भेटिए कोराना संक्रमित
काठमाडौँ यी ७१ स्थानमा भेटिए कोराना संक्रमित
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’
उपराष्ट्रपतिमा रामसहाय यादव चुनिए
उपराष्ट्रपतिमा रामसहाय यादव चुनिए

तपाईंले छुटाउनुभयो कि?