युवा नेता टासी शेर्पाः सहिदपुत्रको घाउमा मल्हम लगाउँदै
सारांश
- काठमाडौं, माघ २७ ।
- क्यान्सर पीडित सहिदपुत्र सन्तोष बुढामगर भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् ।
- उनको उपचारका लागि झण्डै २० देखि २५ लाख खर्च हुने अनुमान छ ।
काठमाडौं, माघ २७ । क्यान्सर पीडित सहिदपुत्र सन्तोष बुढामगर भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । उनको उपचारका लागि झण्डै २० देखि २५ लाख खर्च हुने अनुमान छ ।
मात्र बाँच्ने सपना बोकेका सहिदपुत्र सन्तोषलाई चारैतिरबाट सहयोग प्राप्त हुन थालेपछि सफल युवा पर्यटन व्यवसायी तथा माओवादी नेता टासी लाक्पा शेर्पाले पनि २५ हजार सहयोग गरेका छन् ।
उनले सहिदपुत्र सन्तोषको उपचारका लागि आफूले २५ हजार सहयोग गरेको जानकारी दिँदै उनलाई सहयोग गर्न सबै पक्षसँग आग्रह पनि गरेका छन् ।
विभिन्न पेशा तथा व्यवसायमा रहेका मनका धनी दानवीरहरुबाट धमाधम सहयोग प्राप्त भइरहेको र सन्तोषको जीवनरक्षा गर्न सकिने आशा पलाएको दीपेश पुनको भनाई छ ।
जनस्तरबाट सन्तोषको जीवनरक्षाको पहल भइरहँदा राज्य र उनको आस्थाको धरोहर नेकपा माओवादी केन्द्र चाहिँ कानमा तेल हालेर बसेको छ । यसमा भरथेग गर्ने दायित्व यी दुई पक्षको होइन ?
प्रतिक्रिया