आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १, २०७९
|
|
३६ पटक हेरिएको
Shares
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार गठनपछि शेयर बजारमा सकारात्मक परिवर्तन आएको भन्नुहुँदै यसबाट मुलुकलाई आर्थिक सङ्कटबाट कसैले जोगाउन सक्छ भने यही सरकारले सक्छ भन्ने सन्देश दिएको बताउनुभएको छ ।
  • उहाँले विगतको पाँच दलीय गठबन्धन कति नालायक रहेछ भन्ने सन्देश दिएको बताउँदै आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने पनि हो भन्नुभयो ।

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार गठनपछि शेयर बजारमा सकारात्मक परिवर्तन आएको भन्नुहुँदै यसबाट मुलुकलाई आर्थिक सङ्कटबाट कसैले जोगाउन सक्छ भने यही सरकारले सक्छ भन्ने सन्देश दिएको बताउनुभएको छ ।

उहाँले विगतको पाँच दलीय गठबन्धन कति नालायक रहेछ भन्ने सन्देश दिएको बताउँदै आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने पनि हो भन्नुभयो ।

नेकपा (एमाले) पाल्पा–काठमाडौँ सम्पर्क मञ्चले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले नेपालमा कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने उद्देश्यका साथ विगतमा पटक पटक एमालेलाई सिध्याउने दुष्प्रयास भए पनि त्यो सफल नभएको बताउनुभयो।

उहाँले पछिल्लो घटनाक्रमलाई हेर्दा पनि नेकपालाई विभाजन गरी नेपाली काँग्रेससँग गठबन्धन गरेर निर्वाचनमा गएका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जनताले परिणामबाटै दक्षिणपन्थीसँग मिल्ने होइन भन्ने सन्देश दिएको बताउनुभयो ।

महासचिव पोखरेलले माओवादी केन्द्रलाई जनताले २०७४ सालमा एमालेसँगको गठबन्धनमा प्राप्त गरेको विजयभन्दा यसपालि आधा सिटमा सीमित गरिदिएका र एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न लायक छैनौँ भनिदिएको बताउनुभयो ।

संविधान निर्माणका क्रममा जातीय पहिचानको राज्य मुद्दा बनाई कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भएको र त्यसलाई एमालेले वैचारिक सङ्घर्षद्वारा पराजित गरेको बताउँदै महासचिव पोखरेलले यसपालिको निर्वाचनमा एमालेलाई पराजित गर्न राजनीतिमा धर्मको विषय प्रवेश गराइएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो–“सामान्यतया असफल सरकारको विपक्षमा पर्ने भोट एमालेले पाउनुपर्ने हो तर यसपालिको निर्वाचनमा त्यसो भएन । यसपालिको निर्वाचनमा एमालेलाई कमजोर पार्ने हतियारका रूपमा राजनीतिमा धर्मको विषय प्रवेश गराइयो । धर्म रक्षाको भोट राप्रपा र धर्मान्तरको भोट स्वतन्त्र पार्टीलाई जाने परिस्थिति सिर्जना गरियो ।”

गत निर्वाचनमा पाल्पाबाट निर्वाचित सांसदहरूलाई सम्मानका साथै बधाई दिँदै महासचिव पोखरेलले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जनताले निर्वाचन परिणाममार्फत दिएको सन्देश नेकपा (एमा) र कम्युनिष्ट आन्दोलनका लागि सकारात्मक भएको विचार व्यक्त गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो–“पार्टी विभाजनको असर पाल्पामा पनि परेको थियो तर तपाईँहरूको सामूहिक प्रयासबाट पाल्पामा निर्वाचनमा एकताको समयमा जस्तै सफलता प्राप्त भएको छ, यो असाधारण उपलब्धि हो, म तपाईँहरू सबैलाई हार्दिक बधाई भन्न चाहन्छु ।”

प्रतिनिधिसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा दुवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई पराजित गरी नेकपा (एमाले) का उम्मेदवारहरू ठाकुर गैरे र नारायण आचार्य विजयी हुनुभएको थियो ।

अहिलेले राजनीतिक वर्ग सङ्घर्ष चुनाव केन्द्रित रहेको हुँदा निर्वाचनमा पार्टीका पक्षमा नलाग्ने पार्टी सदस्य एमाले हुन नसक्ने स्पष्ट गर्दै उहाँले पाल्पामा निर्वाचन जित्दा जित्दै पनि सम्पर्क मञ्च र पार्टी सङ्गठनमा त्यस्तो प्रवृत्ति छ भने समीक्षा गरी कारबाही गर्न निर्देशन दिनुभयो ।

एमालेको भविष्य उज्यालो रहेको भन्नुहुँदै महासचिव पोखरेलले पार्टीको उद्देश्य र लक्ष्य हासिल गर्नका लागि अनुशासित र एकताबद्ध पार्टी सङ्गठन आवश्यक पर्ने हुँदा पार्टीको अबको काम आफूलाई व्यवस्थित गर्नमा केन्द्रित हुने बताउनुभयो ।

उहाँले देश निर्माणको अभिभारा पूरा गर्न अस्थिरता विरुद्धको लडाइँ राजनीतिक दलको साझा सङ्कल्पको विषय बन्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापतिको उम्मेद्वारबाट पछि हट्दिनः सिंह
सभापतिको उम्मेद्वारबाट पछि हट्दिनः सिंह
खादाको दुष्प्रचार गरेको भन्दै माइतीघर मण्डलामा विरोध जुलुस
खादाको दुष्प्रचार गरेको भन्दै माइतीघर मण्डलामा विरोध जुलुस
रास्वपाले बोलायो आकस्मिक भेला
रास्वपाले बोलायो आकस्मिक भेला
बालस्वास्थ्य र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु
बालस्वास्थ्य र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
गढिमाई मेलामा बलि दिनुपूर्व गरिन्छ यस्ता कठिन विधि
गढिमाई मेलामा बलि दिनुपूर्व गरिन्छ यस्ता कठिन विधि
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
दुईजना उभिएको भरमा संसद अवरुद्ध हुन दिनुहुन्न : प्रधानमन्त्री
दुईजना उभिएको भरमा संसद अवरुद्ध हुन दिनुहुन्न : प्रधानमन्त्री
प्रधानमन्त्रीको फेरि डायलासिस, कस्तो छ स्वास्थ्य ?
प्रधानमन्त्रीको फेरि डायलासिस, कस्तो छ स्वास्थ्य ?

तपाईंले छुटाउनुभयो कि?