रोनाल्डोले भने – ‘बार्सिलोनाको हारको दोषी मेस्सी’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
४८ पटक हेरिएको
Shares
रोनाल्डोले भने – ‘बार्सिलोनाको हारको दोषी मेस्सी’

सारांश

  • काठमाडौँ।
  • ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डोले बार्सिलोनाको हारको दोष लियोनेल मेसीलाई पनि दिनुपर्ने बताएका छन्।
  • रोनाल्डोले मेसीलाई बार्सिलोनाको सफलताको जति श्रेय दिइन्छ त्यति नै हारको पनि दोष दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

काठमाडौँ। ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डोले बार्सिलोनाको हारको दोष लियोनेल मेसीलाई पनि दिनुपर्ने बताएका छन्। रोनाल्डोले मेसीलाई बार्सिलोनाको सफलताको जति श्रेय दिइन्छ त्यति नै हारको पनि दोष दिनुपर्ने प्रतिक्रिया दिएका छन् । च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएर बाहिरिएपछि रोनाल्डोको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

पहिलो लिगमा मेसीको २ गोलको मद्धतले लिभरपुलविरुद्ध ३-० गोल अन्तरको जित निकालेको बार्सिलोना दोस्रो लिगमा ४-० ले पराजित भएपछि सेमिफाइनलबाट बाहिरिएको थियो । धेरै जसो मिडिया रिपोर्टमा ब्राजिलका फिलिप कोटिन्हो र प्रशिक्षक इर्नेष्टो भालभर्डेलाई बार्सिलोनाको हारको दोष दिइरहेका बेला रोनाल्डोले मेसीलाई हारको दोषी नदेख्नु ‘अनफेयर’ हुने बताएका छन् ।

उनले भने, ‘मैले मिडियामा देखेको छु बार्सिलोना ठुलो क्लब हो, बार्सिलोनामा उत्कृष्ट खेलाडी छन् जो मेसी हुन्, अर्को दिन फेरी मिडियामा देखिन्छ, बार्सिलोनाले मेसीले गर्दा खेल जित्यो, अन्य खेलाडीले हारे । यो सरसर अन्य खेलाडी र कोचीङ स्टाफका लागि नराम्रो कुरा हो, यस्तो हुनु हुदैन ।’

रोनाल्डोले हारको दोष कुनै एक खेलाडीलाई दिनु भन्दा पुरै टिमले लिनुपर्ने बताएका छन् । लिभरपुलले उत्कृष्ट फुटबल खेलेको भएपनि खेलको पहिलो हाफमा बार्सिलोनाले गोल गर्ने अवसर गुमाएको रोनाल्डोले बताएका छन् ।

ब्राजिलका महान खेलाडी रोनाल्डो बार्सिलोनामा सन् १९९६-९७ मा एक सिजन खेलेका थिए । त्यस सिजनमा रोनाल्डोले ४९ खेल खेल्दै ३४ गोल गरेका थिए । त्यस सिजनमा बार्सिलोनाका लागि युइएफए कप, कोपा डेल रे र सुपर कोपाको उपाधि जितेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको सङ्ख्या १६
सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको सङ्ख्या १६
मुम्बईमा समुन्द्रमा डुबेर दुई जनाको मृत्यु, दुई जना बेपत्ता
मुम्बईमा समुन्द्रमा डुबेर दुई जनाको मृत्यु, दुई जना बेपत्ता
सडक निर्माणको काम समयमा  नहुँदा यात्रु मर्कामा  !
सडक निर्माणको काम समयमा नहुँदा यात्रु मर्कामा !
राष्ट्रियसभामा माओवादीका १४ उम्मेदवार भोलि छान्दै यी तीन नेता
राष्ट्रियसभामा माओवादीका १४ उम्मेदवार भोलि छान्दै यी तीन नेता
यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !
यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !
प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाककाे निरीक्षण
प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाककाे निरीक्षण
गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा जोड
गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा जोड
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?
अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?
सुनको मूल्य एकैदिन ६ हजार २०० ले घट्यो, प्रतितोला रु ९५ हजार ४००
सुनको मूल्य एकैदिन ६ हजार २०० ले घट्यो, प्रतितोला रु ९५ हजार ४००