दुई पाइलट, चार जहाज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
दुई पाइलट, चार जहाज

सारांश

  • काठमाडौं, २६ माघ- राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले यसै महिनाभित्र ल्याउने वाई १२ सिरिजका दुई वटा जहाज उडाउन अहिलेसम्म पाइलट व्यवस्थापन गर्न सकेको छैन।
  • यसअघि चीनबाट ल्याइएका दुई वटा जहाज पनि निमगसँग छन्।
  •  अन्नपूर्ण पोष्टमा खबर छ।

काठमाडौं, २६ माघ- राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले यसै महिनाभित्र ल्याउने वाई १२ सिरिजका दुई वटा जहाज उडाउन अहिलेसम्म पाइलट व्यवस्थापन गर्न सकेको छैन। यसअघि चीनबाट ल्याइएका दुई वटा जहाज पनि निमगसँग छन्। अन्नपूर्ण पोष्टमा खबर छ।

नेपाल एयरलाइन्ससँग वाई १२ सिरिजका जहाज उडाउने दुई जना मात्रै पाइलट छन्। उनीहरूलाई सात जना कोपाइलटले सघाउँछन्। पाइलट अभावका कारण नयाँ जहाजले तत्काल उडान गर्न नसक्ने देखिएको छ। अहिले दुई वटा वाई १२ जहाज उडाइरहेका पाइलटलाई थप दुई जहाज उडाउने जिम्मावारी पनि थपिने भएको हो। नेपाल एयरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले अहिले वाई १२ सिरिजका जहाज उडानका लागि दुई जना मात्रै पाइलट रहेको स्वीकारे। ‘नेपाल र चीनबीचको पुरानो सम्झौताका कारण पाइलट अभाव भए पनि जहाज ल्याउनैपर्ने वाध्यता छ’, उनले भने। नेवानिले पाइलटका लागि विज्ञापन पनि गरिसकेको छ।

चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेका वाई–१२ सिरिजका दुई वटा नयाँ विमान काठमाडौं आएसँगै नेवानिसँग चार वटा वाई–१२ जहाज हुनेछन्। अहिले रहेको दुई वटा जहाजमार्फत निगमले काठमाडौंबाट पोखरा, भैरहवा र सिमरामा उडान गर्दै आएको छ।

नेपालको दुर्गम क्षेत्रमा समेत उडान गर्न सकिने जहाज नेवानिको व्यवस्थापनले पाइलट अभाव हुँदा काठमाडौंलाई नै ‘बेस’ बनाएर पोखरा र भैरहवा उडान गर्दै आएको श्रेष्ठ स्वीकार गर्छन्। २०६९ सालमा नेपाल र चीनबीच ६ वटा जहाज ल्याउने सहमति भएको थियो। ६ जहाजमध्ये दुई वटा एमए ६० र चार वटा वाई १२ हो। त्यसमा दुई वटा अनुदान र चार वटा सहुलियत ऋणमा जहाज ल्याउने सहमति भएको थियो।

सहमतिअनुसार नेवानिले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई १२ जहाज ल्याएको थियो। पहिलो पटक ल्याइएको दुवै जहाज अनुदानका थिए।

यस्तै एमए ६० र वाई–१२ २०७३ मा ल्याएको थियो। अब निगमले बाँकी दुई वटा वाई १२ जहाज ल्याउन लागेको हो। नागरिक उड्डयन ऐनअनुसार आवश्यक मात्रामा पाइलट र इन्जिनियर नभए जहाज ल्याउन अनुमति दिन मिल्दैन। तर, सरकारी रकम गइसकेकाले पनि जहाज ल्याउन अनुमति दिइएको नेपाल नारिक उड्डयन प्राधिकरण स्रोत बताउँछ।

नेवानिले अहिले वाई १२ जहाज उडानका लागि प्राधिकरणसँग दुई जना क्याप्टेन र सात जना कोपाइलटको अनुमति लिएको छ। क्याटेनमा उद्धव घिमिरे र नृपेन्द्र भट्टराई मात्रै छन्। कोपाइलट र अन्य जहाज उडाउने पाइलट ले पनि वाई १२ जहाज उडाउन पाउँदैन। अन्तर्राष्ट्रिय प्रचलनमा दुई जहाजका लागि पाँच पाइलट र पाँच कोपाइलट चाहिन्छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Salyane

    I love my ktm

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?