आइफा अवार्डबारे गलत प्रचार गरियो : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
१७ पटक हेरिएको
Shares
आइफा अवार्डबारे गलत प्रचार गरियो : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीले सरकारले आगामी वर्ष २० लाख पर्यटन भित्र्याउने योजनालाई असफल बनाउन आईफा अवार्डबारे गलत हल्ला चलाइएको टिप्पणी गरेका छन्।
  • शुक्रबार समाजवादी पार्टीका नेताहरु नेकपा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आईफा अवार्डबारे गलत हल्ला फैलाइएको दाबी गरेका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सरकारले आगामी वर्ष २० लाख पर्यटन भित्र्याउने योजनालाई असफल बनाउन आईफा अवार्डबारे गलत हल्ला चलाइएको टिप्पणी गरेका छन्। शुक्रबार समाजवादी पार्टीका नेताहरु नेकपा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आईफा अवार्डबारे गलत हल्ला फैलाइएको दाबी गरेका हुन्।

‘आईफा अवार्डबारे मन्त्रिपरिषदले गरेको निर्णयमा न्युन लागत, थोरै लागनीमा धेरै प्रतिफल प्राप्त गर्ने गरी आईफा अवार्ड गर्न स्वीकृति दिन भन्ने थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘अर्बौं खर्च गर्ने भनेर प्रचार गरियो। अहिले पनि त्यो विषयमा छलफल चलिरहेको छ। यस्तो अवस्थामा लौ देशको सर्वनाश भयो भनेर हल्ला पिटाएर नबुझिकन सरकारलाई निर्देशन दिन लगाइयो’ उनले आईफा अवार्डबारे निर्णय भइनसकेको उल्लेख गर्दै आईफा अवार्डले भ्रमण वर्षलाई फाइदा हुने देखिए आईफा अवार्ड आयोजना गर्ने बताए। ‘देशलाई घाटा हुनेगरी होइन देशलाई फाइदा हुने गरी आयोजना गर्नेर्छौं,’ उनले भने, ‘देशलाई फाइदा नहुने रहेनछ भने आयोजना गर्दैनौं।’

यो पनि पढ्नुस्
दीपक मनाङ्गे नेकपामा प्रवेश
गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् । राजीवसँगै विप्लव समूहका कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् । उनीहरुलाई बिहीबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले पार्टीमा स्वागत गरेका हुन् ।

मनाङ्गेलाई टीका लगाइदिएर र नेकपाको विधान पनि हस्तान्तरण गरेर गुरुङले पार्टीमा स्वागत गरे । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् । उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?