धुलो धुवाँका कारण स्वास्थ्यमा असर
सारांश
- काठमाडौं ।
- काठमाडौंमा विभिन्न तरिकाबाट निस्कने धुलो धुवाँका कारण स्वास्थ्यमा असर पुगेको छ ।
- राष्ट्रिय मानवअधिकार आयोगले उपत्यकालगायतका स्थानमा विकास निर्माण लगायतका परियोजनाबाट वातावरण प्रदुषण हुँदा मानव स्वास्थ्यमा असर परेको भन्दै छलफल गरेको छ ।
काठमाडौं । काठमाडौंमा विभिन्न तरिकाबाट निस्कने धुलो धुवाँका कारण स्वास्थ्यमा असर पुगेको छ । राष्ट्रिय मानवअधिकार आयोगले उपत्यकालगायतका स्थानमा विकास निर्माण लगायतका परियोजनाबाट वातावरण प्रदुषण हुँदा मानव स्वास्थ्यमा असर परेको भन्दै छलफल गरेको छ ।
देशको विभिन्न स्थानमा स्थापित, सञ्चालित उद्योग धन्दाबाट वातावरण र मानव स्वास्थ्यमा पर्न गएको गम्भीर असरबारे शुक्रबार आयोगमै वातावरण विज्ञसँग रायसुझाव लिएको छ ।
छलफलका क्रममा काठमाडौं उपत्यकामा बढ्दै गएको वातावरण प्रदुषण र त्यसबाट आम नागरिकमा परेको नकारात्मक असर तथा सुरक्षाका उपायबारे छलफल भएको हो । देशका विभिन्न स्थानमा स्थापित र सञ्चालित उद्योगको स्थापना, सञ्चालन पक्रियाबाट निस्कने धुलो धुवाँबाट आमनागरिकको स्वास्थ्यमा पर्न गएको नकारात्मक असर, वायु प्रदुषण कम गर्न अपनाउनुपर्ने उपायका विषयमा छलफल भएको छ । सरकारको अनुगमन तथा नियन्त्रण प्रक्रिया लगायतका विषयमा छलफल तथा विश्लेषण गरिएको छ ।
आगामी दिनमा मानवअधिकार आयोगले गर्ने अध्ययन, अनुगमन सरकारले गर्नुपर्ने प्रभावकारी कामबारे सुझाव आएको छ । छलफलका क्रममा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट स्वच्छ वातावरण कायम राख्न गर्नुपर्ने सुझाव आएको आयोगका सचिव वेदप्रसाद भट्टराईले बताए ।
छलफलमा आयोगका सदस्य सुदिप पाठक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वातावरण विभागका उच्च अधिकृतको उपस्थिति थियो ।
प्रतिक्रिया