५० करोडको अफरले तनाब !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
५० करोडको अफरले तनाब !

सारांश

  • संसारका सबैभन्दा उत्कृष्ट मानिएका कलेज र विश्वविद्यालयमा पढ्नु विद्यार्थीको सपना हुने गर्छ ।
  • त्यस्ता कलेजमा पढ्नको लागि विद्यार्थीहरुले निकै कठिन परिश्रम गर्छन् ।
  • तर यहाँ घटना ठिक उल्टो भएको छ ।

संसारका सबैभन्दा उत्कृष्ट मानिएका कलेज र विश्वविद्यालयमा पढ्नु विद्यार्थीको सपना हुने गर्छ । त्यस्ता कलेजमा पढ्नको लागि विद्यार्थीहरुले निकै कठिन परिश्रम गर्छन् । तर यहाँ घटना ठिक उल्टो भएको छ । एक छात्रालाई आफ्नो विद्यार्थी बनाउन उत्कृष्ट कलेजहरुको लाइन लागेको छ ।

अमेरिकाका सबैभन्दा उत्कृष्ट मानिएका सबै कलेजहरु एक १७ वर्षीया छात्रालाई आफ्नो विद्यार्थी बनाउन लालायित छन् । त्यसका लागि कलेजहरु करोडौं मूल्य चुकाउन पनि तयार छन् । यी किशोरीको नाम ज्यासमिन ह्यारिसन हो । ज्यासमित उत्कृष्ट ‘मेरिट’का साथ भर्खरै हाइस्कुल ग्रयाजुएट भएकी छिन् । यसपछि उनले बायोलोजीमा डिग्री गर्ने सोचसहित कलेजहरुमा अप्लाइ गरिन् । यसको नतिजा यतिसम्म अविश्वसनीय देखियो कि यहाँका उत्कृष्ट कलेज सबैजसो उनलाई भनाइ गर्न लालायित देखिए ।

ज्यासमिनका अनुसार उनलाई सुरुमा २–३ वटा कलेजबाट भर्ना हुन अफर आयो । यसो हुँदा उनलाई खुसी लाग्यो । उनलाई लाग्यो कि अब उनले राम्रो कलेज पाउनेछिन् । तर, लगत्तै उनलाई ठूलो धनराशीसहितको छात्रवृत्तिको अफर आउन थालेपछि भने उनी चकित परिन् र उनलाई फैसला गर्नै कठिन हुन थाल्यो ।

यतिसम्म कि ज्यासमिनलाई साढे ४ मिलियन डलर अर्थात झण्डै नेपाली ५० करोड रुपैयाँसम्म छात्रवृत्तिको अफर आएको छ ।

यति धेरै कलेजबाट अफर आउनु ज्यासमिनको लागि भने निकै तनाव दिने कारण बनेको छ । उनलाई सही कलेज रोज्नै समस्या भएको छ । यद्यपि उनले आफ्नी आमासँग मिलेर निकै प्रयासपछि एउटा कलेज रोजेकी छिन् । अब उनी त्यही कलेजमा भर्ना हुँदैछिन् । बायोलोजीमा डिग्री लिएपटि उनी एनआइसियु अर्थात बच्चाको आइसियुकी नर्स बन्न चाहन्छिन् ।

(एजेन्सी)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prabina Ghale

    तिन करोड युरो जग्गा जमीन खरबौ खरबौको मुल्य पर्ने जमीन अपाडमेन्ड लात्याएको प्रवीणा तनाब यो थियो उनी कहीले नेपाली नागरीक हुन नपाउने आज भन्दा तिन बर्ष पैलाको प्रताब लत्याय हेलो नेपाल शरकार पैशा मात्र जिन्दगी हो ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?