विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ६, २०७६
|
|
३८ पटक हेरिएको
Shares
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश

सारांश

  • एजेन्सी ।
  • फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्याण्ड आआफ्नो समूहको विजेताका रुपमा अघिल्लो चरण पुगेका छन् ।
  • समूह चरणको अन्तिम खेल अन्तर्गत बिहीबार राति भएको खेलमा स्वीडेनलाई २–० ले हराउँदै अमेरिका समूह एफको विजेता बनेको हो ।

एजेन्सी । फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्याण्ड आआफ्नो समूहको विजेताका रुपमा अघिल्लो चरण पुगेका छन् । समूह चरणको अन्तिम खेल अन्तर्गत बिहीबार राति भएको खेलमा स्वीडेनलाई २–० ले हराउँदै अमेरिका समूह एफको विजेता बनेको हो । पहिलो खेलमा थाइल्याण्डलाई १३–० तथा दोस्रो खेलमा चिलेलाई अमेरिकाले ३–० ले पराजित गरेको थियो । अमेरिकासँग पराजित भएको स्वीडेन समूह उपविजेता बन्यो ।

यस्तै समूह ई अन्तर्गतको खेलमा क्यानडालाई २–१ ले पराजित गरेको नेदरल्याण्ड समूह विजेता बन्यो । पराजित भएको क्यानडा उपविजेताका रुपमा अघिल्लो चरण गएको छ । यस्तै समूह ए को नाइजेरिया र समूह ई को क्यामरुनले तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका रुपमा अन्तिम १६ मा स्थान बनाएका छन् ।

कति मुल्यमा छानिए सन्दिप र सोमपाल जि टि -२० लिगमा ?

नेपाली लेग स्पिनर सन्दिप लामिछाने लगातार दोश्रो वर्ष ग्लोबल टि-२० लिग क्यानाडामा खेल्न छनौट भएका छन्। यस्तै राष्ट्रिय टिमका अल-राउण्डर सोमपाल कामि पनि पहिलो पटक बिदेशी लिगमा खेल्न छनौट भएका छन् । ग्लोबल टि-२० क्यानडाको दोश्रो सिजन जुलाई २५ देखि १५ सम्म क्यानाडामा आयोजना हुँदैछ। प्रतियोगिताको लागि आज खेलाडी चयन गर्न ड्राफ्ट आयोजना गरिएको छ। सन्दिपले गत वर्ष मोन्टरियल टाइगर्सको लागि खेलेका थिए जुन क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यो पटक भने सन्दिपलाई ड्राफ्टबाट टोरोन्टो नेसन्सले लिएको हो।

सन्दिप बाहेक नेपाली खेलाडीहरुले हालसम्म बिदेशी लिगमा छनौट भएका थिएनन्। पहिलो पटक सोमपाल कामि बिदेशी लिग खेल्न छनौट भएका थिएनन्। यस अघि सोमपाल सहित दिपेन्द्र ऐरी र रोहित पौडेल पनि क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा रहे पनि कुनै पनि टिमले लिएका थिएनन्।

सोमपाललाई विन्नीपिग हक्सले ड्राफ्ट मार्फत लिएको हो। सोमपालको टिममा ड्वेन ब्राभो, जेपी डुमिनि, क्रिस लिन जस्ता खेलाडीहरु रहेका छन्। सन्दिप र सोमपाल दुवैलाई एसोसीएट विधाबाट टिमले चुनेको हो।

सन्दिपलाई टोरोन्टो नेसनल्सले लिएको हो जुन टिममा भर्खरै सन्यास घोषणा गरेका भारतीय स्टार खेलाडी युभराज सिंह मार्की खेलाडीको रुपमा रहेका छन्। यस्तै टिममा काइरन पोलार्ड, ब्रेण्डन म्याकलम जस्ता खेलाडी रहेका छन् । सन्दिपले ६० हजार डलर पाउनेछन् भने सोमपालले ३ हजार डलर पाउनेछन्। अघिल्लो सिजन मोन्टरियलबाट खेल्दा सन्दिपले ४० हजार डलर पाएका थिए। सन्दिपलाई क्यारेबियन प्रिमियर लिग टिम टिम बार्बाडोसले गत महिना ड्राफ्टबाट ७० हजार डलरमा लिएको थियो।

सोमपाल कामि आफ्नो अल(राउण्ड क्षमताको कारण प्रसिद्ध छन् जसले बलिंग र ब्याटिंगबाट नेपाली टिमको लागि थुप्रै खेल जिताईसकेका छन्। साथै सोमपालको फिटनेसको स्तर पनि नेपालको सबैभन्दा राम्रो मानिने गर्छ। सन् २०१४ मा नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका सोमपालले त्यसपछि लगातार नेपाली टिमबाट खेलीरहेका छन्। सोमपालको नाममा टि-२० अन्तर्रा्िष्ट्रय क्रिकेटमा दशौँ नम्बरमा सबै भन्दा बढी रन ( ४० ) बनाउने विश्वरेकर्ड समेत रहेको छ। सोमपाल वर्तमानमा नेपालको सबैभन्दा तिब्र गतिका बलर समेत हुन् जसले १४० वरपरको गतिमा बलिंग गर्न सक्छन् भने ब्याटिंगमा लामो इनिंग समेत खेल्न सक्छन्।

इन्डियन प्रिमियर लिगमा सन्दिप गत सिजन २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने गत सिजन क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-१० लिगमा ३० हजार डलर मूल्य पाएका थिए।

गत वर्ष इन्डियन प्रिमियर लिगमा दिल्लीको लागि छनौट भएपछि सन्दिप लगातार विदेशी लिग खेलीरहेका छन् यस क्रममा उनले बिग ब्यास, पाकिस्तान सुपर लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग , टि(२० लिग जस्ता प्रतियोगिता खेलीसकेका छन्।

आफु सहभागी बनेका हरेक टि-२० लिगहरुको सर्वा्िधक विकेट लिने खेलाडीको सुचीमा सन्दिप अटाउँदै आएका छन्। यो सिजन आईपीएलमा ६ खेल खेल्दै ८ विकेट लिएका सन्दिपले गत सिजन क्यारेबियन प्रिमियर लिगमा ७ विकेट ( ५ खेल ), ग्लोबल टि(२० लिगमा ८ विकेट ( ५ खेल ), अफगानिस्तान प्रिमियर लिगमा २ विकेट ( १ खेल मात्र ), बिग ब्यास लिगमा ११ विकेट ( ८ खेल ) , बंगलादेश सुपर लिगमा ४ विकेट ( ६ खेल ), पाकिस्तान सुपर लिगमा ११ विकेट ( ७ खेल मात्र ) र टि(१० लिगमा ६ विकेट ( ६ खेल ) हात पारेका थिए।

ग्लोबल टि(२० लिग क्यानडा प्रतियोगितामा कुल ८ टिम सहभागी रहेका छन् जसमा मोन्टरियल टाइगर्स, भानकोभर नाइट्स, ब्राम्पटन वुल्भ्स, विनिपिग हक्स, एडमोन्टन रोयल्स, टोरोन्टो नेसनल्स रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?