५० प्रतिशत कम फल्यो जुम्ली स्याउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३०, २०७७
|
|
४३ पटक हेरिएको
Shares
५० प्रतिशत कम फल्यो जुम्ली स्याउ

सारांश

  • गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।
  • स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् ।
  • वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका – १ राराका स्याउ किसान महेन्द्र बुढाले बताए ।

गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् ।

वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका – १ राराका स्याउ किसान महेन्द्र बुढाले बताए । कृषि विकास कार्यालयका जुम्लाका अनुुसार जिल्लाका १६ हजार घरपरिवारले स्याउखेती गर्दै आएका छन् । स्याउ रोपिएको जमीनमा अन्न उत्पादन हुदैन । “यस पटक न किसानसँग स्याउ छ, न त खाने अन्न । असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदियो”, वरिष्ठ स्याउ किसान रामसिंह रावलले बताए ।

गत वर्ष जिल्लामा स्याउबाटै रु ३४ करोड आम्दानी भएकामा यस वर्ष असिनापानी र कालो तुषारोले ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । पाँच वर्ष अघिदेखि स्याउको बीमा शुरु भए पनि जिल्लाभर एक हजार २४७ जनाले मात्रै स्याउको बीमा गरेको शिखर बिमा कम्पनी शाखा जुम्लाले जनाएको छ ।(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्जमा सातो लिने गर्मी, ४२ डिग्री पुग्यो तापक्रम
नेपालगञ्जमा सातो लिने गर्मी, ४२ डिग्री पुग्यो तापक्रम
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
मोदी नेपाल आउन लाग्दा कीन पुगे वर्षमान पुन चीनको सिमामा ?
मोदी नेपाल आउन लाग्दा कीन पुगे वर्षमान पुन चीनको सिमामा ?
काग्रेसका केन्द्रीय सदस्य कोइराला सहित ७४ जना पार्टीबाट निष्काशित
काग्रेसका केन्द्रीय सदस्य कोइराला सहित ७४ जना पार्टीबाट निष्काशित
कोरोना कोषमा सांसद महेश बस्नेतको १ महिनाको पारिश्रामिक
कोरोना कोषमा सांसद महेश बस्नेतको १ महिनाको पारिश्रामिक
जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ
जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ
जसरी पनि ओलीलाई हराएरै छा्ड्ने रणनीतिमा नेपाल
जसरी पनि ओलीलाई हराएरै छा्ड्ने रणनीतिमा नेपाल
चीनद्वारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण
चीनद्वारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण
विप्लवले केपी ओलीमाथि लगाए यस्तो गम्भीर आरोप, भारतविरुद्ध लड्ने उद्घोष
विप्लवले केपी ओलीमाथि लगाए यस्तो गम्भीर आरोप, भारतविरुद्ध लड्ने उद्घोष
काकाद्वारा भतिजी बलात्कार
काकाद्वारा भतिजी बलात्कार