त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०८०
|
|
४० पटक हेरिएको
Shares
त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको संवेदनशिल क्षेत्र मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै आज गोली चलेको छ ।
  • विशेष सूचनाका आधारमा विमानस्थल पुगेको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले शम्भु मार्गमा गोली चलाएको हो ।

काठमाडौं । काठमाडौंको संवेदनशिल क्षेत्र मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै आज गोली चलेको छ । विशेष सूचनाका आधारमा विमानस्थल पुगेको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले शम्भु मार्गमा गोली चलाएको हो ।

प्रहरीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको बताएको छ । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली हान्न परेको दाबी प्रहरीको श्रोतको छ ।

प्रहरीका अनुसार उनी भारतीय हुन् । केएमसी अस्पतालमा उपचारका लागि लगिएको उनको नाम भने खुलिनसकेको बताइएको छ ।

पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको प्रहरीको भनाइ छ ।

(teamtapper.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?