५ जनाको मृत्यु भएको सप्तरी घटना: प्रदेश सरकारले दियाे चासाे

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
५ जनाको मृत्यु भएको सप्तरी घटना: प्रदेश सरकारले दियाे चासाे

सारांश

  • सप्तरी ७ साउन ।
  • सप्तरीकाे मलेठमा  ५ जनाकाे मृत्यु भएकाे घटनालाइ २नं प्रदेश सरकारले चासाे दिएकाे छ ।
  • ०७३ फागुन २३ मा तत्कालीन नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा मलेठमा आयोजित सभाको विरोधमा उत्रिएका तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो।

सप्तरी ७ साउन । सप्तरीकाे मलेठमा  ५ जनाकाे मृत्यु भएकाे घटनालाइ २नं प्रदेश सरकारले चासाे दिएकाे छ । ०७३ फागुन २३ मा तत्कालीन नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा मलेठमा आयोजित सभाको विरोधमा उत्रिएका तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो।

घटनाबारे अध्ययन गर्न मानवअधिकार आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारी संयोजक रहेको उच्चस्तरीय छानबिन समिति बनाएको थियो। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा ‘फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरीत औद्योगिक क्षेत्रमा सभा गर्ने एमाले, त्यसलाई जुन मूल्य चुकाएर भए पनि हुन नदिने वा बिथोल्न कटिबद्ध भई त्यहाँ जाइलाग्ने प्रदर्शनकारीहरुको अगुवाई गर्ने सप्तरी जिल्लाको मधेसी मोर्चा नै मुख्य दोषी रहेको’ उल्लेख छ।

दुवै पक्षबाट सुरक्षा निकाय र प्रशासनलाई निरीह बनाइएको पनि प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनमा कार्यक्रम स्थलमा केपी शर्मा ओलीले बोल्दै गर्दा मोर्चाका कार्यकर्ताहरु आक्रोशित भई पर्खाल नाघेर कार्यक्रम स्थलमै प्रवेश गर्न खोज्दा तैनाथ सशस्त्र प्रहरीले गोली चलाएको उल्लेख छ।त्यो घटनाको लागि प्रदेश २ को सरकारले पनि अब छानबिन गर्ने भएकाे छ। प्रदेश २ को मन्त्रिपरिषदको साेमबार बसेको बैठक ले आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ३ सदस्यीय मन्त्री स्तरीय समिति गठन गरेको छ।

सदस्यहरु मा सामाजिक विकास मन्त्री नवलकिशोर साह र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह रहेका छन्। समितिले १५ तिन भित्र प्रतिवेदन बुझाउने भएको छ। छानविन समितिको सदस्य सचिवमा मुख्यन्यायधिवक्ता कृष्णप्रसाद बराललाई राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?