६ महिनाभित्र बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
२१ पटक हेरिएको
Shares
६ महिनाभित्र बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा

सारांश

  • काठमाडाैं ।
  • बागमती प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक प्रहरीले एक लाख २८ हजार सात सय ५४ वटा सवारी साधनलाई कारबाही गरेको छ ।
  • कारबाहीमा परेका ती सवारी साधनबाट ११ करोड ३२ लाख ६५ हजार पाँच सय रुपैयाँ जरिवाना संकलन गरिएको छ ।

काठमाडाैं । बागमती प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक प्रहरीले एक लाख २८ हजार सात सय ५४ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

कारबाहीमा परेका ती सवारी साधनबाट ११ करोड ३२ लाख ६५ हजार पाँच सय रुपैयाँ जरिवाना संकलन गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियम विपरित चलेका सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दिपक रेग्मीले बताए।

सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको यान्त्रिक परीक्षण अभियान संचालन गरी पाँच हजार पाँच सय ९४ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको प्रवक्ता रेग्मीले बताए । सवारी साधनको तीब्र गति नियन्त्रणका लागि दुई सय २० स्थानमा राडरगनसहित चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै सिन्धुली, काभ्रे, चितवन, मकवानपुर र धादिङ जिल्लाका राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधनमा टाइम कार्डको पनि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?