एमालेमा दोहोरो जिम्मेवारीमाथि बन्देज

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
२५ पटक हेरिएको
Shares
एमालेमा दोहोरो जिम्मेवारीमाथि बन्देज

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वडादेखि प्रदेशसम्मको पार्टी नेतृत्वमा जनप्रतिनिधिलाई बन्देज लगाउने भएको छ ।
  • अध्यक्ष, सचिवजस्ता पार्टीको प्रमुख कार्यकारी पदमा जननिर्वाचितलाई बन्देज लगाउने विषयमा घनिभूत छलफल भए पनि निर्णय हुन भने बाँकी छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वडादेखि प्रदेशसम्मको पार्टी नेतृत्वमा जनप्रतिनिधिलाई बन्देज लगाउने भएको छ । अध्यक्ष, सचिवजस्ता पार्टीको प्रमुख कार्यकारी पदमा जननिर्वाचितलाई बन्देज लगाउने विषयमा घनिभूत छलफल भए पनि निर्णय हुन भने बाँकी छ ।

कार्यकारी पदमा दोहोरो जिम्मेवारी पाउँदा धेरैजसो नेता कार्यकर्ताले पद ‘होल्ड’ मात्र गरेको र अपेक्षित ढंगले पार्टी र सरकारको काम नभएको विश्लेषणका आधारमा एमालेले अबदेखि यस्तो जिम्मेवारी नदिने निष्कर्ष निकालेको हो ।

एमालेले २०८० सालभित्रै सबै प्रदेश, जिल्ला, पालिका र वडा अधिवेशन गर्न लागेको छ । एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा शनिबार बसेको पार्टी सचिवालय बैठकमा २०८० सालभित्रै प्रदेशदेखि वडासम्मको अधिवेशन सम्पन्न गर्नेगरी तयारीमा जुट्ने’bout छलफलसमेत भएको छ । बैठकमा प्रदेशदेखि वडासम्मको अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वको प्रमुख जिम्मेवारीमा निर्वाचित जनप्रतिनिधिलाई आन्तरिक रूपमा रोक्नुपर्ने सुझाव आएको जानकारी गराइएको थियो ।

संघीय संसद्का सांसद, प्रदेश सांसद, जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख, उपप्रमुख, पालिका प्रमुख एवं उपप्रमुख, वडाध्यक्षलाई पार्टी कमिटीको कार्यकारी पदमा रोक्नुपर्ने सुझाव आएको बैठकमा जानकारी गराइएको थियो ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले प्रदेश र जिल्ला अधिवेशनको तयारीमा पार्टी लागेकाले ती अधिवेशनमा कार्यकारी पदमा रहेको प्रदेश, जिल्ला, स्थानीय तह प्रमुख, उपप्रमुख र वडाध्यक्षमा निर्वाचित भएको व्यक्ति पार्टीको अध्यक्ष र सचिवमा उठ्न नपाउने विषयमा छलफल अघि बढेको बताए ।

‘दुईतिरको कार्यकारी पदमा कोही नरहने भन्ने विषयमा छलफल भएको हो,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘त्यसो नगर्दा अहिलेसम्मको अभ्यास र अनुभवले पालिका प्रमुख पनि र पार्टीको पनि पालिका प्रमुख हुँदा भ्याउँदै नभ्याउने देखियो ।’

एमालेले त्यस्तो ठाउँमा पार्टीको पालिका प्रमुख र जननिर्वाचित प्रमुख फरकफरक व्यक्ति भएको अवस्थामा समय दिन पनि सक्ने निष्कर्ष निकालेकोे छ । ‘यसो गर्दा एउटै व्यक्तिले पद होल्ड गर्न पनि नपाउने र कामको पनि बाँडफाँट हुने भएकाले धेरैलाई काम विभाजन हुने भयो,’ ज्ञवालीले भने । उनले यसो गर्दा जनताका काम छिटोछरितो ढंगले हुनुका साथै पार्टी काम पनि प्रभावकारी हुने बताए।

पार्टी बैठकमा भएको छलफल निष्कर्षमा पुगेको खण्डमा वडा, गाउँपालिका, नगरपालिका, प्रदेश र राष्ट्रिय सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिले ती तहको पार्टीको कार्यकारी पदमा उम्मेदवार नै बन्न पाउनेछैनन् ।

एमाले उपमहासचिव विष्णु रिमालले विभिन्न तहको अधिवेशनमा वडाध्यक्ष, नगरप्रमुख, प्रदेश सांसद र राष्ट्रिय सभा सदस्यमा निर्वाचित व्यक्ति पार्टी कमिटीमा पनि सोही तहको उम्मेदवार हुन नपाउने बताए । एमालेमा धेरैजसो स्थानमा वडाध्यक्ष पार्टीको पनि वडा कमिटी अध्यक्ष, नगरप्रमुख नगर कमिटीको अध्यक्ष, प्रदेश सांसद प्रदेश अध्यक्ष रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा रहेकाे भारतीय अस्थायी क्याम्पले प्रदान गर्ने सबै  सेवा बन्द
विराटनगरमा रहेकाे भारतीय अस्थायी क्याम्पले प्रदान गर्ने सबै सेवा बन्द
न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो
न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो
बिष्णु पौडेलले लिएको जग्गा बैधानिक छ । मन्त्री अर्याल
बिष्णु पौडेलले लिएको जग्गा बैधानिक छ । मन्त्री अर्याल
गठबन्धन सरकार मुलुकको समस्या प्रति गम्भिर बनेको छैन : पौडेल
गठबन्धन सरकार मुलुकको समस्या प्रति गम्भिर बनेको छैन : पौडेल
२ करोड फिरौती मागेर  बालक अपहरण गर्नेलाई  प्रहरीको  फन्दामा
२ करोड फिरौती मागेर बालक अपहरण गर्नेलाई प्रहरीको फन्दामा
काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा
काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा
मौरी चराउन चितवनका किसान चिउरी पाखामा
मौरी चराउन चितवनका किसान चिउरी पाखामा
सभामुख महराले गरे नेपाली क्रिकेट टोलीलाई बिदार्इ (फाेटाेफिचर)
सभामुख महराले गरे नेपाली क्रिकेट टोलीलाई बिदार्इ (फाेटाेफिचर)
बर्खा नलाग्दै पहिराको चिन्ता
बर्खा नलाग्दै पहिराको चिन्ता
कांग्रेसको एकमहिने जागरण अभियान : नेतामै जागरण ल्याउन कार्यकर्ताको सुझाव
कांग्रेसको एकमहिने जागरण अभियान : नेतामै जागरण ल्याउन कार्यकर्ताको सुझाव

तपाईंले छुटाउनुभयो कि?