नेकपाले दियो घुस प्रकरणमा मुछिएका पाठकको भिडियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १०, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • आफनै आयुक्तले घुस लिएको विषयमा अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेकपाले भिडियो बुझाएको छ ।
  • पाठकमाथि अख्तियारले मंगलबारबाट अनुसन्धान प्रक्रिया सुरु गरेको छ।

काठमाडौं । आफनै आयुक्तले घुस लिएको विषयमा अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेकपाले भिडियो बुझाएको छ ।

पाठकमाथि अख्तियारले मंगलबारबाट अनुसन्धान प्रक्रिया सुरु गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले भ्रष्टाचारमा मुछिएका राजनारायण पाठकको घुस सम्बन्धी भिडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ।

अख्तियारका पूर्व आयुक्त पाठकको भिडियो नेकपा संसदीय दलको कार्यालयमा अख्तियार प्रतिनिधि बोलाएर पाठकको भिडियो दिएको हो । अख्तियारले पाठकमाथि मुद्दा चलाउने निर्णय लिएपछि नेकपाले भिडियो दिएको हो ।

पाठकको घुस प्रकरणमा अनुसन्धान गरिरहेका अधिकारीलाई नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले घुस लिइरहेको भिडियो हस्तान्तरण गरे। भिडियोमा पाठकले घुस लिइरहेको, अन्य विषयमा गरेको कुराकानी देखिएको नेकपा संसदीय दलले जनाएको छ । भिडियो संवादको विषय औपचारिक रूपमा अख्तियारलाई हस्तान्तरण गरेको हो ।

चाँगुनारायण भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाउने विषयमा ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएलगत्तै नैतिकताको आधारमा पाठकले आयुक्तबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?