जब गान्धी धोती र लगौंटी लगाएर बकिंघम दरबार पुगे
सारांश
- बीबीसी।
- महात्मा गान्धीको जीवनको एक रहस्य उनी रमाइलो स्वभावको हुनु थियो।
- तर गान्धीले आफ्नै बारेमा छन्–यदि ममा सेन्स अफ ह्यूमर नभएको भए, म रमाइलो गर्न सक्दिन थिएँ र मैले आत्म हत्या गर्थें होला।
बीबीसी। महात्मा गान्धीको जीवनको एक रहस्य उनी रमाइलो स्वभावको हुनु थियो। तर गान्धीले आफ्नै बारेमा छन्–यदि ममा सेन्स अफ ह्यूमर नभएको भए, म रमाइलो गर्न सक्दिन थिएँ र मैले आत्म हत्या गर्थें होला।’ उनलाई के लाग्थ्यो भने कामको बोध यति धेरै थियो की त्यसैमा लागेर ज्यान जाने बराबर हुन्थ्यो। त्यसकारण उनी बेला बेलामा मानिसहरुलाई हसाउँथे र मौका मिलेसँगै आफूपनि मजाले हाँस्थे।
महात्मा गान्धीका विषयमा केही किस्सा आज पनि चर्चित छन्। एक पटक एक जना अंग्रेजी रिपोर्टरले गान्धीसँग सोधे–तपाईँ तेस्रो दर्जामा यात्रा किन गर्नुहुन्छ?’ जवाफमा गान्धीले भनेका थिए–निकै सजिलो छ, किनभने चौथो दर्जा हुँदैन।’ अर्को पनि किस्सा छ। लन्डनको बघिंघम दरबारमा राजा जर्ज पाँचौंसँग गान्धीको भेट्ने समय थियो।
जब गान्धीजी गोलमेच सम्मेलनमा भाग लिन लन्डन गएका थिए। उनी आफ्नो धोती र लगौंटी नै लगाएर बकिंघम दरबार गएका थिए। गान्धीको पोशाकप्रति धेरैको आपत्ति थियो। उनीहरु सबैले गान्धीजीले राम्रो कपडा लगाउनुपर्छ भन्ने सुझाव दिएका थिए।
यो विषयमा गान्धीले भने–मैले कपडा लगाउन के आवश्यक छ, जति कपडा तपाईँको राजाको शरीरमा छ, त्यो हामी दुवैको लागि काफी छ।’ यसरी गान्धीजी कुरा गर्थे। तर गान्धीको अरु किस्साका विषयमा पनि जानकारी दिन्छौं जसबाट के थाहा हुन्छ भने गान्धीजे निके गम्भीर विषयलाई पनि कसरी हल्का रुपमा लिन्थे भन्ने थाहा हुन्छ।
यो कुरा १९१० को हो, त्यो बेला गान्धी जोहन्सबर्गमा थिए। त्यहाँको सरकार दैनिक नयाँ कानुन जारी गथ्र्यो, त्यही क्रममा एउटा नियम आयो की जसको विवाह दक्षिण भारतमा भएको छैन, त्यहाँ विवाह दर्ता नभएको होस, उनीहरुलाई पति पत्नी मानिने छैन। यो विषय निकै गम्भीर थियो। किनभने यो निर्णयबाट कयौं लाख भारतीय प्रभावित हुने वाला थिए।
गान्धी घर फर्किए र आफ्नी श्रीमती कस्तुरबाजीलाई भने–तिमी आजदेखि मेरी नोकर भयौ।’
कस्तुरबाले भनिन्–के कुरा भयो? मेरो विवाह भएको छ, तपाईँले यस्तो कुरा किन गरिरहनु भएको छ?’ गान्धीले भने–सरकारले कानुन बनायो। अब हाम्रो विवाह मान्य छैन। र अब यदि तिमी मसँग बस्ने हो भने नोकर भएर बस्नुपर्छ।’
यो विषय केवल घरभित्र मात्रै होइन सबै तिर फैलियो। पूरा दक्षिण अफ्रिकामा जो भारतीय समाज थियो, त्यहाँ यो कुरा फैलियो। त्यसपछि कस्तुरबाले भारतीय नागरिकलाई संगठित गरिन्।
पहिलो पटक दक्षिण अफ्रिकामा आन्दोलनको समयमा महिला र बच्चा आफ्नो घरबाट बाहिर निस्किए। त्यसपछि सरकारले यो कानुन फिर्ता लियो।
यो कुरा भन्ने शैली नै थियो, की गान्धी कसरी सोच्थे। र कसरी आफ्नो हकमा परिवर्तन गरिदिन्थे।
अर्को किस्सा पनि छ। जब गान्धी भारत फर्किए तब मानिसहरुले उनलाई भने–मुलसमान निकै आइडियल प्रकारका मानिस हुन्। उनीहरु कुनै पनि कुरा सुन्दैनन्। हामी उनलाई आन्दोलनमा साथ दिन आउनुस भन्छौं, तर उनीहरु आन्दोलनमा भाग लिन तयार छैनन्।’
‘हामीले उनीहरुलाई धेरै सम्झायौं, भारत तिमीहरुको पनि देश हो। तिमीहरु यही जन्मिएका हौ। भारत नभए कहाँ जान्छौ तै पनि उनीहरु आन्दोलनमा आउन राजी भएनन्।’ तब गान्धीले उनीहरुसँग भने–तपाईँ लठ्ठी लिएर कुनै युवती भएको ठाउँमा जानुहुन्छ र भन्नुहुन्न मसँग प्रेम गर्छौ? त्यस्तोमा ती युवतीले तपाईँलाई लखेट्छिन्।’
‘जब तपाइँ कसैसँग कुरा गर्दै हुनुहुन्छ भने उनीहरुसँग नरम स्वभावमा आफ्नो शब्द र आफ्नो आवाजमा कुरा गर्नुस्। त्यति गर्दा तपाईँको कुरा किन नसुन्ने?’ ‘यति गरेपछि सबैले तपाइँको कुरा सुन्छन् र भारत स्वतन्त्र हुन्छ।’
प्रतिक्रिया