दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०७४
|
|
२९ पटक हेरिएको
Shares
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग

सारांश

  • १ कात्तिक, काठमाडौं ।
  • पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारले परिणामका लागि भने १० दिन कुर्नुपर्ने भएको छ ।
  • दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुनेछ ।

१ कात्तिक, काठमाडौं । पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारले परिणामका लागि भने १० दिन कुर्नुपर्ने भएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुनेछ ।

१० मंसिरमा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका छ । २१ मंसिरमा थप ४६ जिल्लामा मतदान हुनेछ । ७७ वटै जिल्लामा निर्वाचन सकिएपछि मात्र एकसाथ मतगणना थाल्ने तयारी आयोगले गरेको हो ।

जनशक्तिको कमि र दोस्रो चरणको चुनाव प्रभावित हुने भएकाले मतगणना एकैपटक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसअघि स्थानीय तहको निर्वाचनमा भने मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो । त्यतिबेला पहिलो, दोस्रो र तेस्रो चरणका निर्वाचनको अवधि लामो थियो ।

३१ वैशाखमा पहिलो, १४ असारमा दोस्रो र २ असोजमा तेस्रो चरणको चुनाव भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दुई चरणको अवधि १० दिन मात्र छ । सोही कारण सबै पक्षलाई विचार गरेर मतगणना एकैपटक गर्न लागिएको ढकालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बचतकर्ताको रु चार करोड ६१ लाख बचत फिर्ता भएन
बचतकर्ताको रु चार करोड ६१ लाख बचत फिर्ता भएन
भ्रष्टाचार रोक्न समाजका सबै अवयव सक्रिय हुनुपर्छ : मन्त्री शर्मा
भ्रष्टाचार रोक्न समाजका सबै अवयव सक्रिय हुनुपर्छ : मन्त्री शर्मा
काेराेना त्रास : सांसदको तापक्रम परीक्षण
काेराेना त्रास : सांसदको तापक्रम परीक्षण
तरकारीको मुल्य वृद्धि, प्याज प्रतिकेजी १२० र गोलभेडा १०० मा कारोबार
तरकारीको मुल्य वृद्धि, प्याज प्रतिकेजी १२० र गोलभेडा १०० मा कारोबार
पेन्सनबाट विद्यार्थीलाई खाजा
पेन्सनबाट विद्यार्थीलाई खाजा
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?
पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
नेकपाकाे जिल्ला तह एकीकरणकाे जिम्मा प्रदेशलाई !
नेकपाकाे जिल्ला तह एकीकरणकाे जिम्मा प्रदेशलाई !

तपाईंले छुटाउनुभयो कि?