कार्यकर्ता छुटाउन विज्ञप्ति निकालेको छैन राज्यमन्त्री पुन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
कार्यकर्ता छुटाउन विज्ञप्ति निकालेको छैन  राज्यमन्त्री पुन

सारांश

  • सिँचाइ राज्यमन्त्री राज्यमन्त्री अमरसिं पुनले रोल्पाबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रिहाइका लागि विज्ञप्ति प्रकाशन नगरेको स्पष्ट पार्नुभएको छ ।
  • मन्त्री पुनले उक्त कुरा रोल्पाको लिवाङमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको हो ।
  • पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नामै किटेर हतियारसहित पक्राउ परेका विप्लवका कार्यकर्ता छुटाउन विज्ञप्ति प्रकाशन गरेको भन्ने विभिन्न सञ्चार माध्यममा झुटो प्रचार गरेको राज्मन्त्री पुनले आरोप लगाउनुभयो ।

सिँचाइ राज्यमन्त्री राज्यमन्त्री अमरसिं पुनले रोल्पाबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रिहाइका लागि विज्ञप्ति प्रकाशन नगरेको स्पष्ट पार्नुभएको छ ।

मन्त्री पुनले उक्त कुरा रोल्पाको लिवाङमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नामै किटेर हतियारसहित पक्राउ परेका विप्लवका कार्यकर्ता छुटाउन विज्ञप्ति प्रकाशन गरेको भन्ने विभिन्न सञ्चार माध्यममा झुटो प्रचार गरेको राज्मन्त्री पुनले आरोप लगाउनुभयो ।

संवैधानिक अधिकार प्रयोग गरी स्वतन्त्रतापूर्वक राजनीतिक गतिविधि गर्न पाउने अधिकार भने कसैले हनन गर्न नपाउने मन्त्री पुनले स्पष्ट पार्नुभयो ।

नागरिकलाई निर्वाचनमा भाग लिने र बहिष्कार गर्ने दुवै अधिकार भएकाले बहिष्कारका लागि शान्तिपूर्ण प्रचारप्रसार गरेबापत गिरफ्तार गर्न नहुने पुनले स्पष्ट पार्नुभयो । उम्मेदवारमाथि वम पड्काउने गरी विध्वंसात्मक गतिविधि गर्नेलाई भने कानूनी दायरामा ल्याउनु पर्ने विचार मन्त्री पुनले व्यक्त गर्नुभयो ।

रोल्पामा निर्वाचन आचारसंहिता उल्लंघनका घटना व्यापक रुपले बढिरहेको हुँदा त्यसको सत्यतथ्य बुझी सञ्चार माध्यममार्फत सार्वजनिक गरिदिन पनि पत्रकारलाई मन्त्री पुनले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?