बलात्कारका घट्नामा सरकार संवेदनशील भएन् : सांसद संग्रौला

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
४५ पटक हेरिएको
Shares
बलात्कारका घट्नामा सरकार संवेदनशील भएन् : सांसद संग्रौला

सारांश

  • काठमाडौं, २३ साउन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभा सदस्य डा.
  • डिला संग्रौलाले सरकारको दरिलो उपस्थिति नहुँदा र भरपर्दो शान्ति, सुरक्षाको व्यवस्था गर्न नसक्दा बलात्कारजस्तो जघन्य अपराध र सामाजिक अपराधका घट्नाहरु बढिरहेको बताएकी छिन् ।

काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले सरकारको दरिलो उपस्थिति नहुँदा र भरपर्दो शान्ति, सुरक्षाको व्यवस्था गर्न नसक्दा बलात्कारजस्तो जघन्य अपराध र सामाजिक अपराधका घट्नाहरु बढिरहेको बताएकी छिन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘बलात्कारका घट्नामा सरकार संवेदनशील भएन्।’बलात्कारीहरुलाई सर्वस्वहरणसहित आजिवान कारबासको सजाय दिनुपर्ने उनको माग छ ।  उनले थपिन्,‘पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । र, पीडित परिवारलाई राज्यले पूर्नस्थापनाको व्यवस्था गर्नुपर्छ । त्यसपछि पीडितलाई शिक्षा, स्वास्थ्य र रोजगारीलगायत सबै कुराहरुको उचित व्यवस्था गर्नुपर्छ ।’

पछिल्लो समय महिला बेचविखन तथा मानव तस्करीका घट्नाहरु समेत बढिरहेकोमा चिन्ता व्यक्त गर्दै संग्रौलाले भनिन्,‘महिलाहरुलाई बेचविखन हुनबाट रोक्नको लागि राज्यले ठोस कदम चाल्नुपर्छ । उद्धारमार्फत ल्याईएका महिलाहरुलाई पनि पूर्नस्थापना गरेर उनीहरुको बाँच्न पाउने अधिकारलाई थप सुनिश्चित् गर्नुपर्छ ।’ सांसद संग्रौलाले पितृसात्मक सोचका कारण पुरुषहरुले महिलाहरुलाई वस्तुको रुपमा लिएकोले बलात्कार लगायतका महिला हिंसाका घट्नाहरु घटिरहेको बताईन् । उनले भनिन्,‘बोक्सी प्रथाको नाममा महिलाहरुलाई जिउँदै जलाउने काम भएको छ । गोठमा छाउपडी बसेकी महिलामाथि सामूहिक बलात्कारका घट्नाहरु घटिरहेको छ । हत्या र हिंसाहरु बढिरहेका छन् । तर, राज्य यसप्रति संवेदनशील देखिँदैन् ।’

बलात्कारलगायत महिला हिंसाका घट्नाको अनुशन्धान समेत फितलो भएको उनको गुनासो छ । उनले भनिन्,‘अहिले महिला हिंसाका घट्नाहरु दिनहुँ घटिरहेका छन् । १३ वर्षकी बालिकादेखि ७७ वर्षकी आमामाथि बलात्कार भएका छन् । यसरी घट्नाहरु किन दिनहुँ घट्छन् ? तर अपराधीलाई किन कारबाही हुँदैन ? यो विषयमा अहिले प्रश्न उठेको छ।’ प्रजातन्त्र हुँदै लोकतन्त्रान्तिक गणतन्त्र आएर मुलुकमा यत्रो रुपान्तरण हुँदापनि अझैसम्म महिला र बालिकालाई हेर्ने दृष्टिकोणमा भने कुनै रुपान्तरण नआएको डा. संग्रौलाको गुनासो छ ।

हालै कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्याय नपाएको उनको गुनासो छ । उनले भनिन्,‘पीडकहरुलाई राज्यले कुनै कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन् । पीडित परिवारलाई उल्टै धम्क्याउने काम भैरहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
बिहानै राँगोले काठमाडौँको न्यूरोड कालीमाटी क्षेत्रमा मच्चायो आतंक
बिहानै राँगोले काठमाडौँको न्यूरोड कालीमाटी क्षेत्रमा मच्चायो आतंक
आमा मृत छोराछोरी बेपत्ता
आमा मृत छोराछोरी बेपत्ता
प्रचण्डलाई विश्वासको मत दिएर गल्ति गर्यौ : शेखर कोईराला
प्रचण्डलाई विश्वासको मत दिएर गल्ति गर्यौ : शेखर कोईराला
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछ : अध्यक्ष नेपाल
कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष ओलीलाई किन यस्तो भनियो ?
कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष ओलीलाई किन यस्तो भनियो ?
तेलको मुल्य वढ्दा एकै दिनमा मुल्य वढाउने निगम घट्दा महिनौ दिन देखि चुपचाप
तेलको मुल्य वढ्दा एकै दिनमा मुल्य वढाउने निगम घट्दा महिनौ दिन देखि चुपचाप
प्रधानमन्त्री ओलीलाई डाक्टरले भिडभाडमा नजान, हात नमिलाउन सुझाव दिए…
प्रधानमन्त्री ओलीलाई डाक्टरले भिडभाडमा नजान, हात नमिलाउन सुझाव दिए…