कतार एसियन कप फुटबलको फाइनलमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
कतार एसियन कप फुटबलको फाइनलमा

सारांश

  • काठमाडौं, १६ माघ ।
  • आयोजक युनाईटेड अरब ईमिरेट्स युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
  • युएईको आबुधाबीमा गएराति भएको दोस्रो सेमिफाइनलमा कतार ४–० को फराकिलो अन्तरमा विजयी भयो ।

काठमाडौं, १६ माघ । आयोजक युनाईटेड अरब ईमिरेट्स युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

युएईको आबुधाबीमा गएराति भएको दोस्रो सेमिफाइनलमा कतार ४–० को फराकिलो अन्तरमा विजयी भयो । फाइनलमा पुगेसँगै सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले आफुलाई कमजोर नठान्न विश्व फुटबललाई चुनौती समेत दिएको छ ।

कतारले अब एसियन कपको उपाधिको लागि जापानसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा ईरानलाई पाखा लगाउँदै जापान फाइनलमा पुगेको थियो । फाइनल खेल आगामी शुक्रबार हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?