मुम्बईबाट लुकिछिपी नेपाल आएका ५ जनामै कोराना संक्रमण
सारांश
- कपिलवस्तुमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
- भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका मायादेवी गाउँपालिकाकै थप तीनजनामा संक्रमण देखिएको हो ।
- उनीहरू मायादेवी गाउँपालिकाकै बासिन्दा भएपनि वडा खुलेको छैन ।
कपिलवस्तुमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका मायादेवी गाउँपालिकाकै थप तीनजनामा संक्रमण देखिएको हो । उनीहरू मायादेवी गाउँपालिकाकै बासिन्दा भएपनि वडा खुलेको छैन । उनीहरूमध्ये दुईजना १८ वर्ष र एकजना १७ वर्षका हुन् ।
क्वारेन्टाइनमा रहेकाको स्वाब परीक्षणका क्रममा थप तीनजनामा संक्रमण पुष्टि भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । थप संक्रमण पुष्टि भएकाहरूलाई बुटवलस्थित कोरोना विशेष अस्पताल पठाउने उनले बताए ।
यसअघि उनीहरूसँगै आएका १६ र २२ वर्षे युवामा संक्रमण देखिएको थियो । क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
उनीहरु वैशाख २३ गते राति साढे ११ बजे लुकिछिपी सीमा पार गरी नेपाल प्रवेश गरेका थिए । वैशाख २४ गते कपिलवस्तुका ६५ जनाको थ्रोट स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।
प्रतिक्रिया