इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०८०
|
|
२३ पटक हेरिएको
Shares
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित

सारांश

  • एजेन्सी ।
  • इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फुलहममाथि जित निकालेको छ ।
  • साेमबार चेल्सीले घरेलु टोली फुलहममाथि २- को जित निकालेको हो ।

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फुलहममाथि जित निकालेको छ । साेमबार चेल्सीले घरेलु टोली फुलहममाथि २- को जित निकालेको हो । चेल्सीको जितमा अरमान्डो ब्रोजा माखाइलो मुड्रिकले समान एक एक गोल गरे ।

खेलमा अग्रता चेल्सीले १८ औँ मिनेटमा मुड्रिकको गोलमा बनाएको थियो । लगत्तै ब्रोजाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए । दुवै टोलीबाट थप गोल हुन नसकेपछि चेल्सीले सहज जित निकालेको हो ।

मुड्रिकले चेल्सीका लागि पहिलो गोल गरे । गत जनवरीमा शख्तर डोनेस्कबाट ८९ मिलियन पाउण्डमा चेल्सी आएका उनले प्रदर्शन मिश्रित रहेको थियो । तर पहिलो हाफमा उनले चेल्सीका लागि उत्कृष्ट प्रर्दशन गरेका थिए ।

सन् २०२२ को अक्टोबरपछि ब्रोजाले पहिलो गोल गरेका हुन् । घुँडाको गम्भिर चोट बोकेका उनी मैदान फर्किएपछि पहिलो गोल गरेका हुन् । जित सहित चेल्सी प्रिमियर लिगको ११ औँ स्थानमा उक्लिएको छ ।

फुलहमले चेल्सीविरुद्ध खासै राम्रो अवसर निकाल्न सकेन । दोस्रो हाफमा सासा लुकिसले डिबक्सको सिक्स यार्डबाट प्रहार गरेको बल रोबर्ट साञ्चेजले गोलमा परिणत गरेका थिए ।

(https://www.collegehippo.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?