कास्कीमा २ मन्त्रीसहित पूर्वसांसद चुनावी मैदानमा ,अधिकारी ह्याट्रिकको दाउमा
सारांश
- प्रदेश नम्बर ४ को राजधानी कास्कीमा मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनका लागि एक÷एक बहालबाला र पूर्वमन्त्रीसँगै ६ पुर्व सांसद चुनावी मैदानमा होमिएका छन् ।
- शेरबहादुर देउवा नेतृत्बको सरकारमा न्याय कानुन तथा संसदीय मामिला व्यवस्था मन्त्री यज्ञ बहादुर थापा र पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीसँगै आधा दर्जन पूर्व सांसद विभिन्न दलबाट उम्मेदवार बनेका हुन् ।
- बहालवाला मन्त्री थापा र पूर्व मन्त्री अधिकारी एउटै निर्वाचन क्षेत्रका प्रतिस्पर्धी समेत हुन् ।
प्रदेश नम्बर ४ को राजधानी कास्कीमा मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनका लागि एक÷एक बहालबाला र पूर्वमन्त्रीसँगै ६ पुर्व सांसद चुनावी मैदानमा होमिएका छन् ।शेरबहादुर देउवा नेतृत्बको सरकारमा न्याय कानुन तथा संसदीय मामिला व्यवस्था मन्त्री यज्ञ बहादुर थापा र पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीसँगै आधा दर्जन पूर्व सांसद विभिन्न दलबाट उम्मेदवार बनेका हुन् ।
बहालवाला मन्त्री थापा र पूर्व मन्त्री अधिकारी एउटै निर्वाचन क्षेत्रका प्रतिस्पर्धी समेत हुन् । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रका लागी थापालाई कांग्रेसले र अधिकारीलाई वाम गठबन्धनले उम्मेदवार बनाएको हो । यसअघि ०६४ सालको निर्वाचनमा पनि सोहि क्षेत्रमा थापा र अधिकारी प्रतिस्पर्धी थिए । त्यतिबेला माओवादीका देव गुरुङले जित हाँसिल गरेका थिए भो मतका आधारमा अधिकारी दोस्रो र थापा तेस्रो स्थानमा थिए । ०७० सालको चुनावमा थापाले एमालेका उम्मेदवार मान बहादुर जिसीलाई २ सय ७२ मत अन्तरले पराजित गदै विजयी भएका थिए । यस पटक थापा द्रोसो पटक बाजी मार्ने कसरतमा छन् भने अधिकारी पहिलो पटक खाता खोल्ने प्रयासमा छन् ।
हाल कास्कीमा केन्द्रका लागि ३ र प्रदेशका लागि ६ क्षेत्र रहेका छन् । यसअघि ०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा कास्कीका ४ क्षेत्र मध्ये ३ मा माओवादीले र १ क्षेत्रमा एमालेले जित हाँसिल गरेको थियो भने त्यसपछि ०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेस र एमालेले २/२ क्षेत्रमा बाजि मारेका थिए । यस पटक भने वाम गठबन्धका कारण कास्कीमा एमाले अगाडि देखिएको छ ।
यसै गरि कास्कीमा निर्वतमान संसदको विकास समितिका सभापती रविन्द्र अधिकारी क्षेत्र नम्बर २ बाट केन्द्रका लागि चुनावी मैदानमा छन् । यस अघि ०६४ र ०७० सालमा भएको दुबै निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट बाजी मारेका अधिकारी यस पटक समेत बाजी मादै ह्याट्रीक गर्ने दाउमा रहेका छन् । अधिकारीले ०६४ मा माओवादीका झलकपाणी तिवारी र ०७० मा कांग्रेसका शोभियत बहादुर अधिकारीलाई पराजित गरेका थिए ।कास्की क्षेत्र नम्वर ३ को प्रदेश क बाट निर्वतमान कास्की क्षेत्र नम्वर २ कि सांसद शारदा पौडेल मैदानमा होमिएकी छिन् । उनी यसअघि पहिलो संबिधान सभाको निर्वाचनमा माओवादीका राजकाजी गुरुङसंग परजित भएकी थिइन् भने ०७० मा एमालेका उम्मेदवार कृष्ण थापालाई परजित गदै सांसद बनेकी थिइन् ।
३ नम्बरमा पुर्व राष्ट्रिय सभाका सदस्य कांग्रेसका शुक्रराज शर्मा र एमालेका तर्फबाट निवर्तमान समानुपातीक सांसद जगत विश्वकर्मा एक अर्काका प्रतिस्पर्धी बनेका छन् । ०४६ सालपछि भएको संसदको निर्वाचनमा पराजित भएका शर्मा त्यसपछि ०५६ सालमा राष्ट्रिय सभाका सदस्य भएका थिए । कास्की क्षेत्र नम्बर १ को प्रदेश क मा कांग्रेसका जीवन परियार उम्मेदवार बनेका छन् । परियार निर्वतमान समानुपाकि सांसद हुन् । क्षेत्र नम्बर २ को प्रदेश ख बाट वाम गठबन्धबाट माओवादीका राजकाजी गुरुङ उम्मेदवार बनेका छन् । गुरुङ यसअघि ०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट बिजयी भएका थिए भने दोस्रो संबिधान सभामा पर्वतबाट उम्मेदबार बनेका उनी पराजित भएका थिए । यो उनको तेस्रो पटक हो ।
प्रतिक्रिया