ब्राउन सुगर तथा लागूऔषध सहित झापा र मोरङबाट ४ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
ब्राउन सुगर तथा लागूऔषध सहित झापा र मोरङबाट ४ जना पक्राउ

सारांश

  • झापा, ६  जेठ ।
  •    झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउन सुगरसहित वडा नम्बर ३ बाहुन डाँगीका २५ वर्षीय रावल रायमाझी २३ वर्षीय अनिल दनुवार पक्राउ परेका छन्।
  • उनीहरुको साथबाट ४ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

झापा, ६  जेठ ।   झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउन सुगरसहित वडा नम्बर ३ बाहुन डाँगीका २५ वर्षीय रावल रायमाझी २३ वर्षीय अनिल दनुवार पक्राउ परेका छन्।

उनीहरुको साथबाट ४ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
भारतीय बजार पानी टंकीबाट मे५प ८६६ नम्बरको स्कुटरमा नेपाल छिरेका दुवैलाई लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका–६ स्थित भन्सार कार्यालय नजिकै पक्राउ गरेको थियो।

दुवैलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।
र विराटनगर महानगरपालिका–४, निमुवा बाट लागूऔषधसहित मकवानपुरको हेटौंडा–४ का दिपेश श्रेष्ठ र सुनसरीको धरान–११ का उमेश भट्टराईलाई  पनि  पक्राउ गरेको छ।

मोरङको निमुवामा सवारी चेकजाँच गर्ने क्रममा संका लागेर उनीहरुलाई चेक जाँच गर्दा टिडिजेसिक, एभिल, डाइजेल्याब, लुपिजेसिक लगायतका लागूऔषध सहीत उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।तर कति थान भनेर चै भनीएको छैन।

सबै अनुसन्धान गरेर मात्र बताउने इलाका प्रहरी कार्याल ले जनाएको छ ।

(https://blogs.20minutos.es/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?