बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको आयो यस्तो स्पष्टीकरण

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
३६ पटक हेरिएको
Shares
बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको आयो यस्तो स्पष्टीकरण

सारांश

  • बालुवाटारको सरकारी जग्गा व्यक्तिगत बनाइएको प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको स्पष्टीकरण आएको छ ।
  • प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय आफ्नो भएको भन्दै उनले त्यसको जिम्मा लिने बताएका हुन् ।
  • बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लगेको विषयमा नेता नेपाल पनि मुछिए पछि राजनीतिक वृत्तमा तरंग पैदा भएको थियो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिगत बनाइएको प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको स्पष्टीकरण आएको छ । प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय आफ्नो भएको भन्दै उनले त्यसको जिम्मा लिने बताएका हुन् ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लगेको विषयमा नेता नेपाल पनि मुछिए पछि राजनीतिक वृत्तमा तरंग पैदा भएको थियो । उनको प्रधानमन्त्री कार्यकालमा वैशाख ३१ गते २०६७ मा मन्त्रीपरिषदले गरेको निर्णयले डिल्लीबजार मालपोतले गरेको गलत निर्णयलाई वैधानिकता दिएको भन्दै पूर्वप्रशासक शारदाप्रसाद त्रिताल समितिले उक्त निर्णय खारेज गर्नु पर्ने सिफारिस गरेको हो ।

बालुवाटार जग्गा प्रकरणमा नेता नेपाल मुछिए पछि यो विषयमा सोमबार नेकपाको सचिवालय बैठकमा समेत प्रश्न उठेको थियो । अमेरिका प्रस्थान गर्नुअघि सोमबार विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय आफ्नो भएको र त्यसको जिम्मा लिने बताएका छन् । साथै उनले त्यतिबेला उक्त निर्णय गर्दा नेकपामा वर्तमान महासचिव विष्णु पौडेलको कुनै पनि भूमिका नभएको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?