जिशिअ बाह्र घण्टाको अनुसन्धानपछि नियन्त्रणमुक्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७४
|
|
२८ पटक हेरिएको
Shares
जिशिअ बाह्र घण्टाको अनुसन्धानपछि नियन्त्रणमुक्त

सारांश

  • महोत्तरी, १४ साउन ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ ।
  • शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ ।

महोत्तरी, १४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ ।

शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ । रु छ लाख ९५ हजारसहित पक्राउ परेका सुवेदीलाई साउन १८ गते प्रमाणसहित कार्यालयमा उपस्थित हुने गरी छाडिएको हो ।

बाह्रघण्टे अनुसन्धानका क्रममा सुवेदीले सो रकम आफ्नो भएको जिकिर गरेकाले सप्रमाण कार्यालयमा उपस्थित हुने गरी तत्कालका लागि नियन्त्रणमुक्त गरिएको आयोगको क्षेत्रीय सम्पर्क कार्यालय बर्दिबासले जनाएको छ ।

शुक्रबार सर्लाहीबाट भारतीय नं प्लेटको बोलेरो जिपमा चितवनस्थित घरतर्फ गइरहेका बेला प्रहरीले सुराकीका आधारमा जाँच गर्दा सुवेदीलाई रकमसहित चितवनबाट नियन्त्रणमा लिएको थियो । एक वर्षदेखि सुवेदी सर्लाहीको जिशिअका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?