गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ बनाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ बनाउने

सारांश

  • तेह्रथुम, १८ साउन ।
  • पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने भएको छ ।
  • गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त उद्यान निर्माण गर्ने योजना अघि सारेका हुन् ।

तेह्रथुम, १८ साउन । पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त उद्यान निर्माण गर्ने योजना अघि सारेका हुन् । उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट उद्यान निर्माणको काम थाल्ने गरी बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । उद्यानमा नेपालका हालसम्मका सबै प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण राखिनेछ ।

उद्यानभित्र आकर्षक बोट विरुवा र पूर्वाधारसमेत तयार गरी गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने ध्येयले उद्यान निर्माणको योजना बनाइएको उनलेले बताए। गाउँपालिकाले आगामी तीन वर्षमा निर्माण पूरा गर्ने गरी पहिलो वर्ष रु १० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । उद्यान निर्माणका लागि पहिलो वर्ष डिपीआर तयार गरी काम शुरु गरिने प्रवक्ता नेपालीको भनाइ थियो । गाउँपालिकामा धार्मिक र ऐतिहासिक महत्वका स्थल भएपनि यस्तो प्रकृतिको ऐतिहासिक उद्यान कतै पनि निर्माण नभएकाले उद्यान निर्माणको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए।

गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा उक्त उद्यानका लागि रु ९० लाख विनियोजन गरेको छ । पुँजीगततर्फको बजेटबाट गाउँपालिकाले पर्यटन क्षेत्रका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको हो । गत वर्ष गाउँपालिकाले पर्यटन क्षेत्रमा रु ४० लाख मात्रै खर्च गरेको थियो । गाउँपालिकाले भ्यू–टावर निर्माण, साततले धामको पूर्वाधार विकास, च्याङलुङ गुफा, पिकनिक स्थल, चिल्डे«न पार्क, सहिद पार्क र भ्यू–पार्क निर्माणलगायत योजनाका लागि रु ९० लाख विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता नेपालीले जानकारी दिए ।

शुक्रबारे बजारमा बल्ल टेलिफोन

छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा सात वर्ष अघिदेखिको पहलमा बल्ल टेलिफोन जडान गरिएको छ । सञ्चारको बढ्दो विकास हुँदा समेत टेलिफोन नपुगेको शुक्रबारे बजारमा गाउँपालिकाको पहलमा ल्यान्डलाइन टेलिफोन जडान गरिएको हो । गाउँवासीको सुविधालाई लक्षित गरी उक्त टेलिफोन जडान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । पहिलो चरमा गाउँपालिकाको केन्द्रमा रहेको शुक्रबारे बजार क्षेत्रमा ३५ वटा टेलिफोन र १७ वटा एडिएसएल इन्टरनेट सेवा जडान गरी टेलिकमले सेवा शुरु गरेको छ ।

अहिले १५ वटा लाइन जडानको प्रक्रियमा रहेको नेपाल टेलिकम लेखा कार्यालय धनकुटाका प्राविधिक रिजेन्द्र दुलालले बताए । वर्षाैँ देखिको जनप्रतिनिधिको सक्रियतामा फोन जडान भएपछि बजारमा खुलेका सरकारी तथा गैसरकारी कार्यालयलाई समेत सहज भएको छ । मोवाइलको सेवा भरपर्दो नहुने र ल्याण्डलाइन फोन समेत नभएका कारण कठिनाइ भोग्दै आएका यहाँका बासिन्दालाई उक्त फोन सेवाले सहज बनाएकोे स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण सुब्बाले बताए । फोनसँगै एडिएसएलको इन्टरनेट सेवा समेत पाइने भएपछि बजारवासी हर्षित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?