फलेवासमा आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
फलेवासमा आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

सारांश

  • फलेवास, पर्वत, १४ माघ , विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् ।
  • जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ ।
  • विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।

फलेवास, पर्वत, १४ माघ , विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् ।

जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ ।

पोखरास्थित सृजना अटो वर्कसपमा लगिएको एम्बुलेन्स मर्मतका लागि रु पाँच लाख खर्च लाग्ने जनाइएको छ । मर्मतका लागि कुनै निकायले रकमको व्यवस्था नगर्दा मर्मत नभएको जिल्ला अस्पताल विकास समितिमा कार्यरत नायब सुब्बा रघुनाथ रेग्मीले बताउनुभयो । “कुश्मानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा पटक पटक पत्र पठाए पनि रकमको आश्वासन आएको छैन,” रेग्मीले भन्नुभयो, “रकमको अभावमा मर्मत गर्न नसकिएको हो ।”
जिल्ला अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापाले पनि मर्मतका लागि रकमको अभाव रहेको बताउनुभयो । अस्पतालमा अहिले दैनिक सयको हाराहारीमा बिरामी आउने गरेका छन् । बिरामीलाई यहाँ सम्भव नभएमा जिल्लाबाहिर पठाउनुपर्छ । पोखरा र बागलुङ रिफर गर्नुपर्ने बिरामीलाई भाडाका ट्याक्सीमा पठाउन भन्ने गरिएको जिविसका अध्यक्ष राधाकुमारी क्षेत्रीले बताउनुभयो । जिल्ला अस्पतालमा पर्वतसहित बागलुङका आधा दर्जन वडाका बासिन्दाले सेवा लिने गरेका छन् ।

(https://www.theseedpharm.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
ग्यास उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन
ग्यास उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन
संघीय सांसदसहित विभिन्न दलका नेतालाई एमालेमा प्रवेश गराउन ओली आज कपिलवस्तु आउँदै
संघीय सांसदसहित विभिन्न दलका नेतालाई एमालेमा प्रवेश गराउन ओली आज कपिलवस्तु आउँदै
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय
प्रधानमन्त्री ओलीको प्रश्न : खोई सुन ?
प्रधानमन्त्री ओलीको प्रश्न : खोई सुन ?
झाक्री हत्याका २६ जनालाई कारागार सजाय
झाक्री हत्याका २६ जनालाई कारागार सजाय
यसपाली नेपाली सेनाले गर्यो अचच्मको काम: अब के होला ?
यसपाली नेपाली सेनाले गर्यो अचच्मको काम: अब के होला ?
खानेपानी मन्त्री बिनाले दिइन यस्तो निर्देशन
खानेपानी मन्त्री बिनाले दिइन यस्तो निर्देशन
Mostbet-AZ 45 Azərbaycanda bukmeker və kazino Bonus 550+250F

तपाईंले छुटाउनुभयो कि?