प्रदेश २ र ५ बाट अब श्रम तथा रोजगारसम्बन्धी सेवा पाइने

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रदेश २ र ५ बाट अब श्रम तथा रोजगारसम्बन्धी सेवा पाइने

सारांश

  • काठमडौं, १४ पुस ।
  • प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ बाट भोलीदेखि श्रम तथा रोजगार सम्बन्धी कामहरु सुरु गरिने भएको छ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोलिदेखि यी दुई प्रदेशबाट रोजगार सम्बन्धीका कामहरु सुरु गरिने जनाएको हो ।

काठमडौं, १४ पुस । प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ बाट भोलीदेखि श्रम तथा रोजगार सम्बन्धी कामहरु सुरु गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोलिदेखि यी दुई प्रदेशबाट रोजगार सम्बन्धीका कामहरु सुरु गरिने जनाएको हो ।

मन्त्रालयका अनुसार कार्यालयबाट पुनः श्रम स्वीकृति दिने, वैदेशिक रोजगारसम्बन्धी इजाजत पाएका संस्थाहरु तथा अभिमुखीकरण तालिम दिने संस्थाहरुको अनुगमन र नियमन गर्ने, वैदेशिक रोजगारी सम्बन्धी सूचना दिने र गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम हुने छन् ।

विगतमा केन्द्रमा मात्र श्रम स्वीकृति लगायतका काम हुने हुँदा विदेश जान लागेका र पुनः श्रम स्वीकृति लिनेका लागि यो प्रक्रिया झन्झटिलो बनिरहेको थियो । मन्त्रालयले बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति लगायतका अत्यावश्यक सेवा प्रवाह गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?