हाम्रा पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन: राष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०८०
|
|
५३ पटक हेरिएको
Shares
हाम्रा पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन: राष्ट्रपति

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताएका छन्।
  • पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरेका छन्।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरेका छन्।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना समेत व्यक्त गरेका छन्।

“पृथ्वीनारायण शाहले स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौं”, राष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन्, “यही आधारभूमिमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा पाएका छौं। स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले विर्सन हुँदैन।”

राष्ट्रपति पौडेलले राष्ट्रिय एकता दिवसले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
प्रहरीमा एकैपटक ५०६ जनालाई बढुवा (नाम सूचिसहित)
प्रहरीमा एकैपटक ५०६ जनालाई बढुवा (नाम सूचिसहित)
एएफसी-१९ मा अाज नेपाल र किर्गिजस्तान भिड्दै (टोलीको विवरणसहित)
एएफसी-१९ मा अाज नेपाल र किर्गिजस्तान भिड्दै (टोलीको विवरणसहित)
कांग्रेसको जागरण अभियान सकियो, नेताको मतभेद सकिएन
कांग्रेसको जागरण अभियान सकियो, नेताको मतभेद सकिएन
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादव पक्राउ
संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादव पक्राउ
परराष्ट्रमन्त्रीद्वारा  सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
परराष्ट्रमन्त्रीद्वारा सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
नेपालमै लाखौँको आम्दानी गर्छन  बुढाथोकीले
नेपालमै लाखौँको आम्दानी गर्छन बुढाथोकीले
यसरी खोजिदैछ ओलीको विकल्प
यसरी खोजिदैछ ओलीको विकल्प
Chitwan Update: एमाले उम्मेदवार देवी ज्ञवाली २०७५ मतअन्तरले अग्र स्थानमा !!!
Chitwan Update: एमाले उम्मेदवार देवी ज्ञवाली २०७५ मतअन्तरले अग्र स्थानमा !!!