सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा

सारांश

  • काठमाडौं ।
  • कञ्चनपुरको महेन्द्रनगरमा अवैध रूपमा जग्गा कब्जा गरी भवन बनाउने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ ।
  • प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेको हो ।

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा अवैध रूपमा जग्गा कब्जा गरी भवन बनाउने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेको हो ।

प्रदेश सांसद, नेकपा, नेपाली कांग्रेस, पार्टीका विद्यार्थी संगठनले नगर विकास समितिको जमीनमा अवैध रूपमा बनिरहेका संरचना भत्काउन, निर्माणमा रोक लगाउनुपर्ने माग अघि सारेर जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरी पक्राउ गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सरकारी जमीन हडपेको आरोपमा आदेशानुसार पक्राउ गरी मुद्दा चलाएको बताए । स्थानीय ललित जोशी, पदमराज जोशी, मेघराज जोशी, धुव्रराज भट्ट, यज्ञराज ओझा, कमलापति भट्ट, मीना जोशी, रामनाथ योगी, हर्कबहादुर खडायतलगायत पक्राउ परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?