प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १९, २०७९
|
|
३८ पटक हेरिएको
Shares
प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ ।
  • बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारित हुनुअघि बैठकमा उक्त प्रतिवेदनमाथि दफावार छलफल भएको थियो । छलफलका क्रममा सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य लेखकले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए। जवाफको क्रममा समिति सदस्य लेखकले समावेश गर्न आवश्यक केही संशोधनहरुलाई मस्यौदामा स्वीकार गरिएकोे सभालाई जानकारी गराएका थिए ।

यसैगरी, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८/०७९)’ पेश गरेकी थिइन् । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाए ।

बैठकको सुरुमा सभामुख घिमिरेले आज मात्र सपथ लिएका जनता समाजवादी पार्टी नेपालका समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीलाई बैठकमा स्वागत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी ४ राशी भएकाले अत्याधिक धनसम्पत्ति कमाउँछन् !
यी ४ राशी भएकाले अत्याधिक धनसम्पत्ति कमाउँछन् !
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
सांसदले भने, ‘मेरी श्रीमती कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?’
सांसदले भने, ‘मेरी श्रीमती कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?’
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र
माछापुच्छे बैंकको एम्बेसडरमा धाविका मिरा राई , प्रतिमा शेर्पा र आर्यन गिरी
माछापुच्छे बैंकको एम्बेसडरमा धाविका मिरा राई , प्रतिमा शेर्पा र आर्यन गिरी
शरिरमा पानीको कमी भए यस्ता लक्षण देखा पर्न थाल्छ
शरिरमा पानीको कमी भए यस्ता लक्षण देखा पर्न थाल्छ
भारतबाट आएका सिकारीले बाँदर समात्न थाले
भारतबाट आएका सिकारीले बाँदर समात्न थाले
उदयपुरका सहायक वन अधिकृत लालबाबुमाथि कारवाहीको माग
उदयपुरका सहायक वन अधिकृत लालबाबुमाथि कारवाहीको माग
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा