यी हुन् २०१८ चर्चित अनुहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
यी हुन् २०१८ चर्चित अनुहार

सारांश

  • बीबीसी।
  • १९८९–१९९३ सम्म अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुश, भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयी, साहित्यको नोबेल पुरस्कार बिजेता वी.
  • एस नयापाल, पाकिस्तानी मानवअधिकार कार्यकर्ता असमा जहाँगीर, संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नान, ब्ल्याक होल र बिग ब्यांग थ्योरीका बुझन महत्वपूर्ण योगदान दिने वैज्ञानिक स्टेफन हकिङसहित कयौं यस्ता व्यक्तिको २०१८ मा निधन भयो जसका कारण मानव जातिले ठूलो परिवर्तन देख्न पाएका थिए।

बीबीसी। १९८९–१९९३ सम्म अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुश, भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयी, साहित्यको नोबेल पुरस्कार बिजेता वी.एस नयापाल, पाकिस्तानी मानवअधिकार कार्यकर्ता असमा जहाँगीर, संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नान, ब्ल्याक होल र बिग ब्यांग थ्योरीका बुझन महत्वपूर्ण योगदान दिने वैज्ञानिक स्टेफन हकिङसहित कयौं यस्ता व्यक्तिको २०१८ मा निधन भयो जसका कारण मानव जातिले ठूलो परिवर्तन देख्न पाएका थिए।
तर एउटा मृत्युले पूरै विश्वलाई नै हल्लाइ दियो। ती व्यक्ति हुन् पत्रकार जमाल खाशोज्जी, जसको २ अक्टोबरमा टर्कीको इस्तानबुलमा साउदी वाणिज्य दूतावासमा हत्या गरिएको थियो। यो हत्या साउदी राजकुमार सलमानको इसारामा भएको आशंका गरियो। यही कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि साउदी अरबसँग दूरी बनाउन दबाव बढ्यो भने अर्कोतर्फ रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले राजकुमार सलमानसँग हाट मिलाउँदै गरेको तस्वीर सार्वजनिक भयो। र रुस साउदीसँग नजिकिएको अनुमान पनि लगाउन थालिएको छ।
खाशोज्जीको कारणबाट विश्वका दुई ठूला देश एकपटक वर्चश्वको लडाइँमा आमने सामने भएका छन्।

डोनाल्ड ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न कारणले वर्षभरी चर्चामा रहे। तर उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ता गरे। जसको चर्चा विश्वभर नै भयो भने यो भेटवार्तापपछि किम जोङ उनको आक्रमकतामा कमी आएको छ।
किम जोङ उन करिव दुई वर्षदेखि लगातार मिसाइल परीक्षण गर्ने दाबी गर्दै आएका थिए। विशेष गरी ब्यालेस्टिक मिसाइल जो अमेरिकासम्म मार हान्न सकिन्थ्यो र त्यसमा परमाणु बम लैजाने क्षमता पनि थियो।
जुन महिनामा दुई नेताबीच शिखर वार्ता भयो, त्यसपछि उत्तर कोरियाको सेप्टेम्बरमा ७० स्थापना दिवसको अवसरमा मिसाइल देखिएन भने सो अवसरमा किम जोङ उनले कुनै पनि भाषण पनि दिएनन्।
जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले उत्तर कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरणमा काम गर्ने प्रतिवद्धता जनाएका थिए।

भ्लादिमीर पुटिन

यो पृथ्वीको जनसंख्या करिव ७ .५ अरब छ र यी मध्ये फेब्र्स म्यागेजीनले यस्ता मानिसलाई चुन्छ जो यो विश्वमा केही परिवर्तको कारण बन्छन्।
यस्तै ७५ महिला र पुरुषको सूचीमा २०१८ मा मात्रै होइन विगत तीन वर्षदेखि भ्यालिमीद पुटिन शीर्ष स्थानमा छन्। फोब्र्सले पुटिनलाई विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिको सूचीको शीर्ष स्थानमा राखेको छ।

राहुल गान्धी

२०१८ मा भारतीय राजनीतिमा जुन व्यक्तिको नामको चर्चा सबैभन्दा धेरै भयो त्यो नाम हो राहुल गान्धी।
विगत चार वर्षदेखि भारतीय राजनीतिमा एक नाम धेरै लिइन्थ्यो, त्यो नाम हो नरेन्द्र मोदी र उनको नारा ‘कांग्रेस मुक्त भारत’। तर २०१८ मा भएको विधानसभा चुनावपछि तीन मुख्य प्रदेश मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा जित हासिल गरेर कांग्रेसले सरकार गठन गरेपछि राहुल गान्धीले कांग्रेसलाई त्राण दिएका छन्।
यो परिणामबाट के देखिन्छ भने २०१४ मा नरेन्द्र मोदीको नेतृत्वको बीजेपीको सरकारको जुन जनाधार थियो, त्यसमा कमी आएको छ। जानकारहरुका अनुसार यही कारण २०१९ मा हुने लोकसभा चुनाव निकै रोचक हुनेवाला छ।

इमरान खान

पाकिस्तानमा अगस्ट महिनामा इमरान खान प्रधानमन्त्री बने। २५ जुलाईमा भएको चुनावमा पीटीआई पाकिस्तानको सबैभन्दा ठूलो पार्टीका रुपमा उदायो। यद्यपी बहुमतकालागि केही सिट अपुग भएपनि उनले अन्य दललाई समेटेर सरकार बनाउन सफल भए। पाकिस्तानको संसदमा बहुमत ल्याउन १७३ सिट चाहिन्छ। ससदमा भएको चुनावमा इमरान खानले १७६ मत ल्याए।
इमरान यस्तो समयमा पाकिस्तानको प्रधानमन्त्री बनेका छन् जुन बेला देशको ढुकुटी करिव करिव खाली छ थियो र मुलुकको अर्थव्यवस्था संकटग्रस्त थियो। अहिले अर्थतन्त्रलाई सुधार गर्न इमारानले कोशिश गरिरहेका छन्।
त्यस बाहेक इमरान खान पाकिस्तानको सत्ताा आएपछि भारतसँगको सम्बन्ध सुधार्न हुने अनुमान लगएको थियो। इमरान त्यसकालागि एक कदम अगाडि पनि बढे। उनले गुरु नानक देवको जीवनसँग सम्बन्धित करतारपुर साहिबको गुरुद्वारेबाट एक करिडोर बनाउनलाई शिल्यान्याश गरे।

नवजोत सिंह सिद्धू

भारत र पाकिस्तानबीच विवाद रहेकै बेला नवजोत सिंह सिद्धू इमरान खानको प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सहभागी हुन पाकिस्तान गए। उनको पाकिस्तान भ्रमणपछि भारतको चर्को विरोध सुरु भयो।
नवजोत सिंह सिद्धूको चर्को विरोध भएपछि इमरान खानले सिद्धूले के अपराध गरे? उनले दुई मुलुकबीच राम्रो सम्बन्ध हुनुपर्छ भनेका छन् भन्दै सिद्धूको वचाउ गरे।

तनुश्री दत्ता

बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाइन् जसलाई सामाजिक संजालमा मानिसहरुले मी टू अभियानको संज्ञा दिए। कुनै अभिनेत्रीले प्रेसमा आएर यौन शोषणको विरुद्ध आवाज उठाएको यो पहिलो पटक हो।
तुनश्रीका अनुसार फिल्म ‘हर्न ओके प्लीज’ को शुटिङका क्रममा नाना पाटेकरले उनीमाथि दूव्र्यवहार गरेका थिए।

कृणा कुमारी

पाकिस्तानको आम चुनावमा पाकिस्तानी पीपुल्स पार्टीकातर्फबाट जितेर आएकी हिन्दू सांसदलाई बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूचीमा समावेश गरेको छ। कृष्णा पाकिस्तानमा मानवअधिकारकालागि आवाज उठाउने महिलाका रुपमा परिचित छिन्। उनी पाकिस्तानमा हिन्दु दलित सुमदायकी पहिली महिला सिनेटर हुन्।

डानो स्ट्रिकल्याण्ड

२०१८ मा डोना स्ट्रिकल्याण्ड भौतिक क्षेत्रमा ५५ वर्षपछि नोबेल पुरस्कार जित्ने महिला बनिन्।
क्यानडाकी स्ट्रिकल्याण्ड भौतिक क्षेत्रमा यो पुरस्कार जित्ने केवल तेस्रो महिला हुन्। उनी भन्दा पहिलो म्यारी क्यूरीलाई १९०३ र मारिया गोपर्ट–मेयरलाई १९६३ मा भौतिक क्षेत्रमा नोबेल पुरस्कार दिइएको थियो।

प्रिया प्रकाश वारियर

एउटा भिडियोमा आफ्नो कलामार्फत देश–विदेशमा चर्चित भएको भारतीय अभिनेत्री प्रिया प्रकाश वारियर भारतमा रातारात चर्चित भइन्। प्रियाले आँखा झिम्काएको भिडियो गुगलमा निकै खोजियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?