वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
३८ पटक हेरिएको
Shares
वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास

सारांश

  • भक्तपुर ।
  • ४६औं विश्व वातावरण दिवसको अवसमा खानेपानी मन्त्री बिना मगरले भक्तपुरको सूर्य्विनायक नगरपालिका स्थित गणेश मन्दिरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास गर्नुभएको छ ।
  • हनुमन्ते नदी सफाई अभियानले गणेश मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण एवं पार्क शिलान्यासको खानेपानी मन्त्री मगरबाट शुभारम्भ गरिएको हो ।

भक्तपुर । ४६औं विश्व वातावरण दिवसको अवसमा खानेपानी मन्त्री बिना मगरले भक्तपुरको सूर्य्विनायक नगरपालिका स्थित गणेश मन्दिरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास गर्नुभएको छ । हनुमन्ते नदी सफाई अभियानले गणेश मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण एवं पार्क शिलान्यासको खानेपानी मन्त्री मगरबाट शुभारम्भ गरिएको हो । “स्वच्छ वायु, स्वस्थ जीवन” भन्ने मूल नाराका साथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नगरपालिकाहरु, विभिन्न सामाजिक संघ संस्था र सुरक्षाकर्मी लगायत सरसफाइ अभियन्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले वातावरण संरक्षण र फोहोर न्युनीकरणमा घर टोल, छिमेक र सिंगो समाजको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले फोहोरको व्यवस्थापन घरबाट नै सुरु गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री मगरले भन्नुभयो, “हामीले हप्तौं हप्ता देखि सरसफाइ अभियान चलाईरहेका छौं । सरसफाइ अभियान चलाइ रहनुपर्ने स्थिति आउन नदिन सकेसम्म घरबाटै यसको अन्त्य गर्नुपर्दछ । सरसफाइ अभियान सधैं गरिरहन नपरोस् ।”

प्रतिनिधि सभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले वातावरण सफा गरे झैं सबैले मन सफा गर्नुपर्ने धारणा राख्नुभयो । हाम्रो भावना र सोचाई प्रायः नकारात्मक भएकाले यसको सफाइमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ वातावरण सफा गरेर मात्रै हुँदैन । जबसम्म मन सफा हुँदैन तब सबै कुरा नकारात्मक नै रहन्छ । हाम्रो सोचाई सधैं यस्तै रह्यो भने समृद्ध नेपाल बनाउन गाह्रो हुन्छ ।”

कार्यक्रममा हनुमन्ते खोला लगायत भक्तपुर क्षेत्रको सरसफाइ अभियानमा निरन्तर योगदान पु(याएको भनी प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा पतञ्जली योग समिति नेपालका प्रतिनिधि दुर्गा पन्तले योगा गरेर आफ्नो प्रस्तुति देखाउनुभएको थियो ।
विश्व वातावरण दिवसको उपलक्ष्यमा सूर्यविनायक चोकदेखि गणेशमन्दिरसम्म सरसफाइ (याली समेत निकालिएको थियो । (यालीमा खानेपानी मन्त्री मगर, प्रतिनिधि सभा सदस्य एवं पूर्व उद्योग मन्त्री बस्नेत, प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ र सूर्य्विनायक नगरपालिकाका मेयर बासुदेव थापा लगायतका व्यक्तिहरुको सहभागी थियो ।

(https://teledentistry.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसमा छैन होलीको रौनक, शोकमा सामुहिक केश मुण्डन
मधेसमा छैन होलीको रौनक, शोकमा सामुहिक केश मुण्डन
आज संसदमा यस्तो नयाँ रेकर्ड बनाउँदैछन् प्रधानमन्त्री केपी शर्मा ओली
आज संसदमा यस्तो नयाँ रेकर्ड बनाउँदैछन् प्रधानमन्त्री केपी शर्मा ओली
कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा
कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
गर्मीका कारण कपिलवस्तुमा ७० वर्षिय वृद्धाको मृत्यु
गर्मीका कारण कपिलवस्तुमा ७० वर्षिय वृद्धाको मृत्यु
मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
रत्ननगरः तीन वडामा एमाले विजयी
रत्ननगरः तीन वडामा एमाले विजयी
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
फेरी पनि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
फेरी पनि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य