बस र ट्रक ठोक्किँदा १९ घाइते
सारांश
- काठमाडौं, १६ पुस ।
- नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गामा बस र ट्रक आपसमा ठोक्किँदा १९ यात्रु घाइते भएका छन् ।
- घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
काठमाडौं, १६ पुस । नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गामा बस र ट्रक आपसमा ठोक्किँदा १९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ५ ख ८०४४ नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ आँउदै गरेको ग १ ख ८५७७ नं को ट्रक आपसमा ठोकिएका हुन् ।
दुर्घटनामा घाइते भएकाको भरतपुर कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना यात्रु सवार थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया