नेपाली युवतीको अपराध नेक्सस अफ्रिकन युवकसम्म,उपहार पर्यो भन्दै ठगी !

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नेपाली युवतीको अपराध नेक्सस अफ्रिकन युवकसम्म,उपहार पर्यो भन्दै ठगी !

सारांश

  • काठमाडौं– सन् २०१५ मा अफ्रिकन देश आइभरीकोस्टका ओतुटा अकाकागनी नेपाल आए।
  • भिजिट भिसामा आएका उनी स्वदेश फर्किएनन्।
  •   जसको एक मात्र कारण थियो, फेसबुक।

काठमाडौं– सन् २०१५ मा अफ्रिकन देश आइभरीकोस्टका ओतुटा अकाकागनी नेपाल आए। भिजिट भिसामा आएका उनी स्वदेश फर्किएनन्।  जसको एक मात्र कारण थियो, फेसबुक। कुसुम कायस्थ नाम गरेकी एक युवतीले उनलाई फ्रेन्ड रिक्वेस्ट पठाइन्। हेर्दा सुन्दर नेपाली युवती देख्नेबित्तिकै ओतुटाले एसेप्ट बटम दबाइहाले।

हाइहेल्लोबाट सुरु भएको कुराकानी गाढा बन्दै गयो। प्रेमका कुरा चल्न थाले। अन्तत: दुई वर्षअघि उनीहरु विवाह बन्धनमा गाँसिए।  दुई जना एकैठाउँ हुँदा खर्च बढ्ने नै भयो। घुम्न, रेस्टुरेन्ट जान, ट्याक्सी चढ्न कसरी पैसा जुटाउने? ओतुटालाई समस्या थियो। आर्थिक भरथेग कुसुमले नै गर्न थालिन्। यसका लागि उनले पैसा कमाउने आइडिया निकालिन्, जसको प्रयोग बन्यो सामाजिक सञ्जाल फेसबुक। फेसबुकबाटै जोडिएका उनीहरुका लागि आर्थिक संकलनको पाटो पनि फेसबुक नै बन्न थाल्यो। दुवैले आइडिया रचे- उपहार परेको भन्दै विभिन्न फेसबुक प्रयोगकर्तालाई म्यासेज गर्ने। उपहार पाउन भन्सार रकम तिराउनले र ठगी गर्ने।

विवाहपछि यही धन्दाबाट उनीहरले मस्त पैसा कमाउन थाले। यसका लागि उनीहरुले फेसबुक मात्र होइन भाइबर, ह्वाट्स एप, इमोसमेत प्रयोग गरे। ‘मान्छेको प्रोफाइल चेक गर्ने, हेर्दा सोझासिधा देखिने, ठग्न सकिने जस्तोलाई उपहार पर्यो भन्दै फकाउने गर्दा रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने।

दुई वर्षसम्म सयौं जनालाई फसाउने यो जोडी अन्तत: महानगरीय प्रहरी अपराध महाशाखाको टोलीबाट उम्कन सकेन। पेप्सीकोलाबाट उनीहरु पक्राउ परे। जसमा थिए, काभ्रेको साबिक भुम्लुटार गाविस–६ की ३२ वर्षीया कुसुम कायस्थ र पासपोर्ट नम्बर १५ एएच ४२०१६६ भएका आइभरीकोस्टका ३२ वर्षीय ओतुटा अकाकागनी।

उनीहरु अहिले हिरासतमा छन्।

उपहार परेको भन्दै उपहारको तस्बिर मात्रै उनीहरुले पठाएनन्, विश्वास दिलाउन र पक्राउ नपरियोस् भन्न उनीहरु फोन गर्न भारतसम्म पुग्थे।  ‘तपाईंको पुरस्कार भारतीय भन्सारमा रोकिएको छ। म भन्सारबाट फलानो अधिकृत बोलेको। उपहार लिन… यति रकम पठाउनु होला,’ अधिकांश पीडितलाई यसै भनेर विश्वासमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ।

उनीहरुले धेरै व्यक्तिलाई ठगी गरेको हुन सक्ने प्रहरीले जनाएको छ। अहिलेसम्म ८ जना पीडित प्रहरीको सम्पर्कमा पुगेका उनीहरुबाट यो जोडीले १४ लाख ३४ हजार ९ सय ७२ रुपैयाँ ठगी गरेको पाइएको एसएसपी सिंहले बताए। अन्य पीडित भए सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ।

ठगी गरेको पैसाले उनीहरुले मोजमस्ती गर्ने गरेको पाइएको छ। पेप्सीकोलामा फ्ल्याट नै भाडामा लिएर बसेको यो जोडीको लवाइखवाइ र बसाइ पनि निकै ब्रान्डेड छ।

उनीहरुको आफ्नै कार समेत भएको प्रहरीले जनाएको छ। कार लिएर उनीहरु विभिन्न ठाउँमा घुम्ने गरेका थिए। कार पनि ठगी गरेकै पैसाले किनेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। युवतीले भने आफूले व्यापार गर्ने गरेको दाबी गर्दै व्यापारकै रकमले कार किनेको बताएकी छन्। उनको भनाइमा शंका गर्ने ठाउँ धेरै रहेको प्रहरीले जनाएको छ। आफू मोडलिङ पेसामा रहेको पनि कुसुमले दाबी गर्दै आएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार
तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार
वाम गठबन्धन पाल्पाको समृद्धि ल्याउने घोषणापत्र
वाम गठबन्धन पाल्पाको समृद्धि ल्याउने घोषणापत्र
जेलभित्र रहेका थुनुवाको मृत्यु
जेलभित्र रहेका थुनुवाको मृत्यु
महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्छ: उपमेयर हरिप्रभा खड्गी
महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्छ: उपमेयर हरिप्रभा खड्गी
माल्दीभ्सका राष्ट्रपति भारतमा
माल्दीभ्सका राष्ट्रपति भारतमा
बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित
बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न
गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न
मन्त्री लालबाबुले अटेरी कर्मचारीलाई जागिरबाटै हटाउने तयारी
मन्त्री लालबाबुले अटेरी कर्मचारीलाई जागिरबाटै हटाउने तयारी

तपाईंले छुटाउनुभयो कि?