मन्त्री लालबाबुले अटेरी कर्मचारीलाई जागिरबाटै हटाउने तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ४, २०७४
|
|
४६ पटक हेरिएको
Shares
मन्त्री लालबाबुले अटेरी कर्मचारीलाई जागिरबाटै हटाउने तयारी

सारांश

  • अटेर गरे जागिरबाटै हटाइन्छ : मन्त्री पण्डित खटाएको प्रदेशमा नगएर निजामती कर्मचारीले सरकारलाई चुनौती दिएका छन् ।
  • प्रदेश कार्यालय सञ्चालनका लागि सरकारले पछिल्लो एक महिनामा १ हजार ६८ जना कर्मचारी खटाएको थियो ।
  • तर, ३० प्रतिशत कर्मचारीले सरकारी आदेशलाई अस्वीकार गरेका छन् ।

अटेर गरे जागिरबाटै हटाइन्छ : मन्त्री पण्डित

खटाएको प्रदेशमा नगएर निजामती कर्मचारीले सरकारलाई चुनौती दिएका छन् । प्रदेश कार्यालय सञ्चालनका लागि सरकारले पछिल्लो एक महिनामा १ हजार ६८ जना कर्मचारी खटाएको थियो । तर, ३० प्रतिशत कर्मचारीले सरकारी आदेशलाई अस्वीकार गरेका छन् ।

सरकारी आदेश नमान्ने कर्मचारी काठमाडौंका आकर्षक कार्यालयमा लामो समयदेखि काम गर्दै आएका बढी छन् । नापी, मालपोत र राजस्व कार्यालय, वैदेशिक रोजगार विभागलगायत कार्यालयमा काम गर्ने कर्मचारी प्रदेशमा गएर काम गर्न अटेरी गरिरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

खटाएको कार्यालयमा २४ घन्टाभित्र पुगेर काम सम्हाल्न सरकारले निर्देशन दिएको थियो । तर, ती कर्मचारीले सुरुमा त रमाना लिनै मानेनन् । बल्लतल्ल रमाना लिए पनि प्रदेशमा हाजिर हुन अटेर गरिरहेको सामान्य प्रशासन मन्त्रालयले जनायो ।

गत ३ माघमा प्रदेश प्रमुख नियुक्त भएसँगै सरकारले प्रदेश कार्यालय स्थापना गर्न कर्मचारी खटाउन थालेको थियो । त्यसपछि एक महिनामा मन्त्रालयले मात्र हजार ६८ जना विभिन्न तहका कर्मचारीलाई प्रदेशमा खटाइसकेको छ । तर, प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयले लगातार ताकेता गर्दासमेत खटाएकामध्ये ३० प्रतिशत कर्मचारी हाजिर भएका छैनन् ।

कहिलेसम्म पुग्नुपथ्र्यो कर्मचारी ?
सामान्य प्रकारको सरुवामा कर्मचारी खटाएको कार्यालयमा कम्तीमा ३५ दिनको समय पाउँछन् । सरुवा भएपछि साबिकको कार्यालयबाट रमाना लिएर बुझबुझारथ गर्न २१ दिन समय पाउँछन् । त्यसबाहेक पनि सात दिन बाटाको म्याद हुन्छ । ३५ दिनसम्म पनि हाजिर नभए सम्बन्धित कार्यालय प्रमुखले कारण सोध्न सक्छन् । रमाना लिएको ९० दिनभित्र पनि कार्यालयमा नपुग्ने कर्मचारीको जागिर नै जान्छ । त्यसो त, निजामती सेवा ऐन र नियमावलीले कर्मचारी सरुवा भएपछि पनि बिरामी बिदा लिएर बस्न सक्ने सुविधा दिएको छ । तर, सरकारले प्रदेशमा खटाएका कर्मचारीका हकमा भने यो सुविधा नदिने गरी निर्णय गरेको थियो । तोकेको २४ घन्टामै उपस्थित हुनुपर्ने हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै
समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन
राष्ट्रियसभामा गृहमन्त्रीले भने, निर्मला प्रकरणको सत्यतथ्य छिट्टै आउँछ
राष्ट्रियसभामा गृहमन्त्रीले भने, निर्मला प्रकरणको सत्यतथ्य छिट्टै आउँछ
मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी
मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा तनाव !
एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा तनाव !
राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत
राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत
चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
मैत्रिपुर्ण फुटवलमा अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी
मैत्रिपुर्ण फुटवलमा अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी
एमाले नेता महेश बस्नेत लखेटिएको दाबी गर्ने तस्बिर ‘फेक’: एआई प्रयोग गरेर भ्रम फैलाइएको खुलासा
एमाले नेता महेश बस्नेत लखेटिएको दाबी गर्ने तस्बिर ‘फेक’: एआई प्रयोग गरेर भ्रम फैलाइएको खुलासा