कर्णाली प्रदेशमा १ सय १४ कुष्ठरोगी भेटिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
कर्णाली प्रदेशमा १ सय १४ कुष्ठरोगी भेटिए

सारांश

  • वीरेन्द्रनगर, १८ पुस ।
  • कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ ।
  • आर्थिक वर्ष २०७४÷७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन् ।

वीरेन्द्रनगर, १८ पुस । कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन् ।

कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको सङ्ख्या सुर्खेतमा देखिएको छ । सुर्खेतमा एक वर्षको अवधिमा थप २६ कुष्ठरोगी फेला परेका छन् । तथ्याङ्कअनुसार जाजरकोटमा २०, दैलेखमा १०, कालिकोट र रुकुममा नौ÷नौ, जुम्ला, मुगु र सल्यानमा तीन÷तीन तथा हुम्लामा एक जनामा कुष्ठरोग देखिएको छ ।

सरकारले सन् २०२० सम्ममा नेपाललाई कुष्ठरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । बिरामी वर्षेनी बढ्दै जाँदा यसमा चुनौती देखिएको छ । आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालका निर्देशक मङ्गल चौधरीका अनुसार नेपालमा वर्षेनी तीन हजारभन्दा बढी कुष्ठरोगका बिरामी फेला पर्ने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सो क्रम बढ्दो मात्रामा छ ।

साइनिङ अस्पतालमा साउनयता १० कुष्ठरोगका बिरामी उपचारका लागि आएका छन् । गत वर्ष ६० कुष्ठरोगी उपचार गर्न आएका थिए । अस्पतालले अहिलेसम्म १० हजार ८०० कुष्ठरोगीको उपचार गरिसकेको चौधरीले बताए । गत वर्ष १४६ कुष्ठरोगी भर्ना भएका थिए ।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?