कम्युनिष्टलाई माक्र्सवाद सिकाउने गुरु कांग्रेस नेता
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालका नेता–कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् ।
- कम्युनिस्ट नेता–कार्यकर्तालाई माक्र्सवादबारे प्रशिक्षण दिन माक्र्सवादको ज्ञान भएका विद्वान्हरू देश दौडाहमा निस्किएका छन् ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालका नेता–कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् । कम्युनिस्ट नेता–कार्यकर्तालाई माक्र्सवादबारे प्रशिक्षण दिन माक्र्सवादको ज्ञान भएका विद्वान्हरू देश दौडाहमा निस्किएका छन् ।
झापा, धुलिखेल र नेपालगन्जमा प्रशिक्षण सकिसकेको छ । प्रदेश र जिल्लाहरूमा दर्जनौँ प्रशिक्षण कार्यक्रम राख्ने एकवर्षे योजना छ । रोचक पक्ष त यो छ कि, कम्युनिस्ट कार्यकर्तालाई माक्र्सवाद सिकाउने एकजना गुरु भने कांग्रेस नेता छन् । उनी हुन्, प्रदीप गिरि ।
माक्र्सवादबारे ज्ञानको भण्डार मानिने गिरिले १५ वैशाखमा झापामा कम्युनिस्ट कार्यकर्तालाई प्रशिक्षण दिए । १० हजार युवालाई माक्र्सवाद पढाउने लक्ष्यसहित झापाबाट सुरु भएको यो अभियानमा गिरिसँगै मोहनविक्रम सिंह, राम कार्की, हरि रोकालगायत प्रशिक्षक छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
Radha Gyawali
Self diclared or imposed on him???.
Tanka Giri
राम्रो संग सिकाइ दिनु होला देशको प्राकृति सम्पदा ,जलस्रोत,खोलानाला,बनजङल,कसरी बेच्ने र नेपालको दरबार दिल्लिमा कसरी सार्ने सबै बुझाइ दिनु
Shreejan Bhansakarya
किताब धेरै देखाएर हुन्छ? त्यो भन्दा त यु त्युब नै छ नि।
Bhuwani Sk Raut
कोरा कल्पनाको गफाडी बकमफुसे हावादारी हो!