आमाको किरिया गर्दै दुई छोरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
आमाको किरिया गर्दै दुई छोरी

सारांश

  • लमही, १८ पुस ,छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् ।
  • दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उहाँकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बस्नुभएको छ ।
  • छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै तीन छोरीमध्ये जेठी र माइली छोरी किरियामा बसेका हुन् ।

लमही, १८ पुस ,छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उहाँकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बस्नुभएको छ ।

छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै तीन छोरीमध्ये जेठी र माइली छोरी किरियामा बसेका हुन् । आमा विकको १५ गते सोमबार निधन भएको र किरिया गर्ने कोही नभएपछि छोरीहरूले नै दागबत्ती दिएका हुन्, किरिया पनि छोरीहरूले नै गरेका छन् ।

आमा ताराको मङ्गलबार शीतलपुर घाटमा अन्त्येष्टि गरिएको हो । जेठी छोरी आरधनाले दाङ देउखुरीको राप्ती प्राविधिक शिक्षालय लालमटियामा छात्रवृत्ति कोटामा सिएमए पढ्दैहुनुहुन्छ । त्यस्तै माइली सदीक्षाले अमर मावि उरहरीमा कक्षा ८ र कान्छी छोरी प्रतीक्षाले दिव्यज्योति बोर्डिङ स्कूल तुलसीपुरमा कक्षा ५ मा अध्ययन गर्दै आएकी छिन् ।

श्रीमान् हिरालाल विदेशबाट घर फर्केको १० दिनपछि ताराको निधन भएको हो । दमका कारण उनको मृत्यु भएको हो । समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफूहरू किरिया बसेको आरधनाले बताउनुभयो । “छोरासरहको कर्म बुबाआमाले हामी छोरीलाई पनि दिनुभएको छ”, उहाँले भन्नुभयो, “त्यसैले छोराहरूले गर्न सक्ने काम हामीहरू पनि गर्न सक्छाँै भन्ने लागेर किरिया बसेका हौँ ।”

समाजले काजकिरियाका लागि घरभन्दा बाहिरका दाजुभाइलाई ल्याउने तयारी गरेको भए पनि आफ्नो आमाको किरिया छोरीले नै गर्नुपर्छ भनेर किरिया बसेको उहाँको भनाइ छ । उहाँहरूले किरिया गर्दा कपाल खौरनेबाहेक अरु सबै गर्दै आउनुभएको छ । तर समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत  ८७९५
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत ८७९५
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै
आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत
आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत
आफ्नो मताधिकार प्रयोग गर्न पांउदा हर्ष र गौरवको अनुभूति गरेको छु -कमल थापा
आफ्नो मताधिकार प्रयोग गर्न पांउदा हर्ष र गौरवको अनुभूति गरेको छु -कमल थापा
नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक
नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक
पियनले चलाउँछिन् कक्षा
पियनले चलाउँछिन् कक्षा
अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?
अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?
कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
अर्जुन कपुर मलाइका अरोराको घरमा, बुबाआमासँग हात माग्न गएको अनुमान !
अर्जुन कपुर मलाइका अरोराको घरमा, बुबाआमासँग हात माग्न गएको अनुमान !
युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित
युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित

तपाईंले छुटाउनुभयो कि?