डा. गोविन्द केसीसँगकै सहमति अनुसार काम भैरहेको छ : शिक्षामन्त्री
सारांश
- काठमाडौं ।
- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदन तयारी गरिरहेका बेला आयोगको कामलाई असर पर्नेगरी समाचार नलेख्न आग्रह गरेका छन् ।
- चिकित्सा शिक्षा विधेयक प्रा डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिअनुरुप विधेयक पारित गर्ने सन्दर्भमा फरक मत नरहेको उल्लेख गर्दै विषय संसद्मा छलफलको क्रममा भएकाले निर्णय हुन बाँकी रहेको उल्लेख छ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदन तयारी गरिरहेका बेला आयोगको कामलाई असर पर्नेगरी समाचार नलेख्न आग्रह गरेका छन् ।
चिकित्सा शिक्षा विधेयक प्रा डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिअनुरुप विधेयक पारित गर्ने सन्दर्भमा फरक मत नरहेको उल्लेख गर्दै विषय संसद्मा छलफलको क्रममा भएकाले निर्णय हुन बाँकी रहेको उल्लेख छ ।
मन्त्रीका तर्फबाट निजी सचिवले विज्ञप्ति निकाल्दै आयोगले आफ्नो प्रतिवेदन तयारीका लागि अन्तिम छलफल भइरहेका बेला चिकित्सा शिक्षा, विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षालगायत विषयमा नीतिगत निरुपण भएपछि मात्र दूरगामी महत्वका विषयमा निर्णय गर्नुपर्ने भएकाले आयोगको काममा नै प्रभाव पार्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे ।
मन्त्रिपरिषद्को गत साउन १४ को बैठकबाट अर्को आदेश नभएसम्म त्रिभुवन विश्वविद्यालयले प्रदान गर्दै आइरहेको सम्बन्धन प्रक्रिया स्थगन गर्ने भनी निर्णय भएको र सो निर्णय बमोजिम कुनै पनि सम्बन्धन नदिएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
यसैगरी आयोग गठन भइ नीति निर्माणको काम भइरहेको अवस्थामा कृषि तथा वन विश्वविद्यालयले आठ निजी कलेजलाई दिइएको सम्बन्धन मन्त्रीको पहलमा रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
(Ambien)
प्रतिक्रिया