अक्षय कुमारका विषयमा शान्तिप्रियाको यस्तो खुलासा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
अक्षय कुमारका विषयमा शान्तिप्रियाको यस्तो खुलासा

सारांश

  • एजेन्सी।
  • दक्षिण भारतीय अभिनेत्री शान्तिप्रियाले १९९१ मा अध्यक्ष कुमारसँग फिल्म ‘सौगन्ध’ कामा गर्दै बलिउडमा डेब्यू गरेकी थिइन्।
  • यद्यपी यो फिल्म सफल हुन सकेन।

एजेन्सी। दक्षिण भारतीय अभिनेत्री शान्तिप्रियाले १९९१ मा अध्यक्ष कुमारसँग फिल्म ‘सौगन्ध’ कामा गर्दै बलिउडमा डेब्यू गरेकी थिइन्। यद्यपी यो फिल्म सफल हुन सकेन। त्यसपछि उनले अन्य केही फिल्ममा काम गरिन्। तर पनि उनले बलिउडमा आफ्नो पहिचान बनाउन सकिनन्। विगत २४ वर्षदेखि फिल्मबाट टाढा शान्तिप्रिया फेरि फिल्ममा काम गर्न चाहन्छिन् ।

शान्तिप्रियाले भारतीय संचारमाध्यम दैनिक भाष्करसँग कुरा गर्दै पारिवारिक जीवनका कारण आफूले फिल्मलाई निरन्तरता दिन नसकेको बताइन्। २००४ मा उनका श्रीमान सिद्धार्थ रेको निधन भएको थियो। श्रीमानको निधनपछि बालबच्चाको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै श्रीमानको निधन भएका बेला छोरा शुभम दश वर्ष र छोरी शिष्या पाँच वर्षकी मात्रै रहेको बताइन्।

‘अहिले त छोरा छोरी ठूला भए। एक जना मोडलिङ र अर्कोले फिल्ममेकिङ र स्क्रीन राइटिङको कोर्स गरिरहेका छन्। छोरो करियरको सुरुवातमा छ । अब म पनि बलिउडमा केही काम गर्न चाहन्छु ।’
सिंगल अविभावकका रुपमा शान्तिप्रियालाई आफ्ना छोरा छोरीको पालन पोषण गर्न निकै कठिनाइ भयो । यद्यपी उनकी आमा, दिदीले उनको हरेक कदममा साथ दिए ।

अक्षयसँग बलिउडमा डेब्यू गरेकी शान्तिप्रियालाई अक्षयले कत्तिको सहयोग गरे? ‘मैले अहिलेसम्म व्यक्तिगत रुपमा कसैलाई पनि सम्पर्क गरेको छैन। बल्ल काम गर्न तयार भएकी छु । काम हात लागेपछि अक्षयले मलाइ अवश्य पनि सहयोग गर्नुहुन्छ । हाम्रो उद्योगले सबैलाई सहयोग गर्दै आएको छ । अहिले मलाइ काम माग्न लजाउनुपर्ने आवश्यकता छैन । अक्षयले मात्रै होइन जसले काम गर्न बोलाएपनि म जान तयार छु,’ उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?