जेलमा रहेका रेशम चौधरीको सपथ आज
सारांश
- १९ पुस, काठमाडौं ।
- टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् ।
- सांसद रेशम चौधरीको सपथ ग्रहण कार्यक्रम पूर्व निर्धारित समयभन्दा केही घण्टालाई पछि सरेको छ ।
१९ पुस, काठमाडौं ।टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् । सांसद रेशम चौधरीको सपथ ग्रहण कार्यक्रम पूर्व निर्धारित समयभन्दा केही घण्टालाई पछि सरेको छ । बिहान साढे ११ बजे राखिएको सपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि सारिएको हो ।
कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचिन राजपा सांसद रेशम चौधरीलाई सपथ ग्रहण गराइने भएको संसदका प्रवक्ता रोजनाथ पाण्डेले जनाएका छन। डिल्ली बजार जेलमा रहेका चौधरी आज सपथ लिए पनि उनी संसद भवन भने जान पाउने छैनन् । सांसद पदको सपथ खुवाइसकेपछि उनलाई पुनः जेलमै लैजाने स्रोतले बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया