दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
२० पटक हेरिएको
Shares
दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

सारांश

  • काठमाडौँ ।
  • दुबई पठाइदिन्छु भन्दै तीन लाख ५ हजार रूपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
  • अर्धखाँची भूमिकास्थान नगरपालिका वडा- ५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने ३२ वर्षीय अशोक भट्टराई पक्राउ परेका हुन् ।

काठमाडौँ । दुबई पठाइदिन्छु भन्दै तीन लाख ५ हजार रूपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । अर्धखाँची भूमिकास्थान नगरपालिका वडा- ५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने ३२ वर्षीय अशोक भट्टराई पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनीविरूद्ध अजयकुमार महतोले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । विभागबाट अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गर्न पत्राचार गरेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?