बयानका लागि रविलाई आज काठमाडौं ल्याइँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०८१
|
|
२५ पटक हेरिएको
Shares
बयानका लागि रविलाई आज काठमाडौं ल्याइँदै

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याइने भएको छ।
  • सहकारी ठगीसहित तीनवटा अभियोगमा अनुसन्धानका क्रममा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई काठमाडौं ल्याउने भएको हो।

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याइने भएको छ।

सहकारी ठगीसहित तीनवटा अभियोगमा अनुसन्धानका क्रममा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई काठमाडौं ल्याउने भएको हो। उनलाई काठमाडौं ल्याउन बुद्ध एयरको मंगलबार बिहान साढे ८ बजेको टिकट बुकिङ गरिएको बताइएको छ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो। काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरण अनुसन्धानका लागि उनको बयान लिइनेछ।

बयान गराएर फेरि पोखरामै फर्काइने छ। त्यसपछि उनलाई चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लगिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?