अवैध भट्टीमा प्रहरीको छापा,हजारौँ लिटर मदिरा नष्ट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अवैध भट्टीमा प्रहरीको छापा,हजारौँ लिटर मदिरा नष्ट

सारांश

  • काठमाडौं, १९ पुस ।
  • महानगरीय प्रहरी वृत्त बौद्धले अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा आज विहान छापा पारेको छ ।
  • प्रहरी भट्टीहरूमा छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरेको छ ।

काठमाडौं, १९ पुस । महानगरीय प्रहरी वृत्त बौद्धले अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा आज विहान छापा पारेको छ । प्रहरी भट्टीहरूमा छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरेको छ ।

अवैध मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा विभिन्न किसिमका दुर्घटना निम्त्याउने गरेको भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न अवैध मदिरा नष्ट गरेको हो ।

प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती र काठमाडौँ महानगरपालिका–६ नागेश्वरगल्लीमा रहेका मदिरा उत्पादन तथा विक्री वितरण गर्ने भट्टीहरूमा छापा मारेको हो ।

बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले छापा मार्ने क्रममा अवैध मदिरा उत्पादन गर्न राखिएका कच्चा पदार्थ र एक हजार लिटर भन्दा बढी मदिरा नष्ट गरेको जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको घरेलु मदिरा विशालु र हानिकारक रहेको समेत बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?